झापा, २९ भदौ– चट्याङ लागेर झापामा एकै परिवारका दुईजनाको ज्यान गएको छ ।
जिल्लाको जुरोपानी–८ मा गएराति परेको चट्याङ लागेर स्थानीय ७३ वर्षका धने सोरेन र उनका ११ वर्षीय नाती अनिल मुर्मुको मृत्यु भएको हो ।
चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको स्थानीयले बताएका छन् ।
चट्याङ लागेर गम्भीर घाइते भएकी मृतककी १५ वर्षीया नातिनी वविताको दमकस्थित एक अस्पतालमा उपचार भइरहेको छ । घरमा सुतिरहेको बेला वर्षातसँगै परेको चट्याङ लागेर राति १२ बजेतिर मृत्यु भएको थियो ।