ईश्वर पोरखरेल भन्छन्, ‘एमाले भनेकै केपी ओली’

काठमाण्डु टुडे २०७१ भदौ २९ गते ४:०२ मा प्रकाशित

Ishwar-Pokhrelकाठमाण्डु, २९ भदौ– एमाले महासचिव ईश्वर पोखरेलले एमालेको सर्वोच्च वैधानिक निकाय नै अध्यक्ष केपी ओली भएको दाबी गरेका छन् ।

ओखलढुंगामा शनिबार भएको एक कार्यक्रममा पोखरेलले स्थायी समिति र पोलिटब्युरो नभएको अवस्थामा अध्यक्ष ओलीलाई पार्टीका सबै निर्णय गर्ने अधिकार रहेको बताए ।

अध्यक्ष ओलीले मनोमानी ढंगले पार्टीका मन्त्री हेरफेर गरेको भन्दै माधव नेपाल पक्ष आक्रोशित भइरहेका बेला पोखरेलको यस्तो भनाइ बाहिर आएको हो ।

उनले अध्यक्षले गरेको निर्णयमा प्रश्न उठाएर अनावश्यक हल्ला नगर्नसमेत चेतावनी दिए । ‘स्थायी समिति र पोलिटब्युरो नभएको अवस्थामा अध्यक्षले गरेका सबै निर्णय वैधानिक हुन्छन्’, पोखरेलले भने, ‘अध्यक्षबाट भएका निर्णयबारे प्रश्न उठाएर अनायश्वक हल्ला गर्नुको केही अर्थ छैन ।’

पोखरेलले संस्थागत निर्णयबाट भएको मन्त्रिपरिषद् हेरफेरमा प्रश्न नउठाउनु अनुचित भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us