समाचार

बोगटीलाई राष्ट्रिय सम्मान दिन एमाओवादीको माग

२०७१ भदौ ३० गते ३:१४

काठमाण्डु, ३० भदौ– एकीकृत माओवादीले आफ्ना उपाध्यक्ष पोष्टबहादुर बोगटीको राष्ट्रिय सम्मानका अन्त्येष्टि गर्ने वातावरण मिलाउन सरकारसँग माग गरेको छ । नेता अग्नि सापकोटाले बोगटीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टिका लागि सरकारलाई आग्रह गरिने बताए । बोगटीको निधनबारे नर्भिक अस्पताल परिसरमा सञ्चारकर्मीलाई जानकारी दिँदै उनले कोटेश्वर...

यस्ता थिए पाेष्टबहादुर बाेगटी

२०७१ भदौ ३० गते ३:०६

पारिवारिक पृष्ठभूमि नुवाकोट जिल्ला तुप्चे गाविस वडा नम्बर–२ को भित्रिनिटार गाउँमा पोष्टबहादुर बोगटी ‘दिवाकर’ को जन्म २०१० सालमा भयो । बुबा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट बोगटी निम्न मध्यम परिवारमा जन्मिएका हुन् । बुबा भैरवबहादुरको सरल, मिलनसार र समाजसेवी कार्यबाट प्रभावित भई...

एमाओवादी उपाध्यक्ष बोगटीको निधन

२०७१ भदौ ३० गते २:२५

काठमाण्डु, ३० भदौ– एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको उपचारका क्रममा निधन भएको छ । हृदयघात र मस्तिस्कघात एकैपटक भएका बोगटीको उपचारका क्रममा नर्भिक अस्पतालमा आज बिहान ७ बजेर २५ मिनेटमा निधन भएको हो । एमाओवादी पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङले बोगटीको निधन भएको पुष्टि गरे...

देश टुक्र्याउन खोज्ने को हुन् सीके राउत ?

२०७१ भदौ ३० गते २:१६

विराटनगर, ३० भदौ– ‘मधेस नेपालभित्र अटाउन नसक्ने र अलग्गै स्वतन्त्र देश हुने’ घोषणा गर्दै मधेसी युवालाई देशविरुद्ध भड्काउने अभियान चलाएका डा. चन्द्रकान्त ९सीके० राउत शनिबार साँझ मोरङबाट पक्राउ परे । तीन दिनअघि राउतले ‘स्वतन्त्र मधेस राष्ट्र’ का विषयमा विराटनगरस्थित रामजानकी मन्दिरमा खुला छलफल चलाएका...

विदेशीको लगानीमा नेपालमा अफिम खेती फैलंदै

२०७१ भदौ ३० गते २:०६

काठमाण्डु, ३० भदौ– असारको पहिलो साता बाँके, कोहलपुरमा २० किलोग्राम प्रतिबन्धित अफिमसहित ५ जना पक्राउ परे । प्रहरीले बासुदेवपुरका एक स्थानीयको घरमा छापा हानेर फेला पारेको अफिम रुकुममा उत्पादित थियो । लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी रणबहादुर चन्दका अनुसार बरामद सबै अफिम रुकुमको साखु...

काँग्रेस सभासदले दोश्रो बिहे गरेपछि बल्खुमा खैलाबैला

२०७१ भदौ ३० गते १:५९

काठमाण्डु, ३० भदौ– कांग्रेस सभासद ओमदेवी मल्लले गुपचुप दोस्रो बिहे गरेपछि उनको पार्टीमा भन्दा सत्ता साझेदार नेकपा एमाले र सहकारी वृत्तमा खैलाबैला मच्चिएको छ । ओमदेवीले बिहे गरेको प्रसंगले बल्खुमा किन खैलाबैला मच्चियो त ? स्रोतका अनुसार ओमदेवीलाई हालै सम्पन्न राष्ट्रिय सहकारी संघको महिला...

दसैंको मुखमा खाद्यान्नमा चर्को मूल्यवृद्धि

२०७१ भदौ ३० गते १:४०

काठमाण्डु, ३० भदौ– दसैंको मुखमा खाद्यान्नमा चरम मूल्यवृद्धि भएको छ । चामल, दाल लगायत अधिकांश खाद्यानन्नमा चर्को मूल्यवृद्धि भएको हो । साउनमा ४८ रुपैयाँ प्रतिकेजीमा पाइने सोना मनसुली चामलको मूल्य भदौंको दोस्रो हप्तादेखि ५४ रुपैयाँ पुगेको छ । त्यस्तै साउनमा मनसुली चामल प्रतिकेजी ५२...

नेपाली कामदार इजरायल पठाउन वार्ता सुरु

२०७१ भदौ ३० गते १:३५

काठमाण्डु, ३० भदौ– इजरायलमा सरकारी तहबाट कामदार पठाउन मोडालिटी तयार गरिने भएको छ । त्यसका लागि दुईदेशबीच आइतबारदेखि काठमाण्डुमा वार्ता सुरु भएको छ । कामदार लिने विषयमा छलफल गर्न नेपाल आएका इजरायलका दुई सदस्यीय सरकारी अधिकारीसहित नेपालका  लागि इजरायली राजदूत सम्मिलित टोलीले श्रम राज्यमन्त्री...

ट्याक्सी चालकको दादागिरी

२०७१ भदौ ३० गते १:२९

काठमाण्डु, ३० भदौ– पञ्चर चक्का फेर्ने विवादमा ट्याक्सी चालक र ट्राफिक प्रहरीबीच भनाभन हुदाँ बिजुलीबजार सडकखण्मा आइतबार बिहान आधा घन्टाभन्दा बढी जाम भयो । ट्राफिक प्रहरी कृष्ण उपाध्यायले बा १ ज २१३१ नम्बरको ट्याक्सी चालक मानबहादुर खातीलाई सडकबाट थोरै साइट लगाएर टायर फेर्न आग्रह...

गोलघरमा रमेश बाहुन र चाल्र्स शोभराज सँगसँगै

२०७१ भदौ ३० गते १:०९

काठमाण्डु, ३० भदौ– साढे दुई महिनाअघि पक्राउ परेका गुण्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेल र अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्र्स शोभराजलाई कारागारले एकै ठाउँमा राखेको छ । डिल्लीबजार जेलमा रहेका बाहुनलाई दुई साताअघि कारागार व्यवस्था विभागले केन्द्रीय कारागारको गोलघरमा सारेको हो । ‘बिकिनी किलर’...

मुलुकलाई महेश बस्नेतमय बनाउन युवा संघलाई उद्योगमन्त्रीको आग्रह

२०७१ भदौ २९ गते १३:०३

काठमाण्डु, २९ भदौ – नवनियुक्त उद्योगमन्त्री महेश बस्नेतले अब मुलुकलाई ‘महेश बस्नेतमय’ बनाउन आग्रह गरेका छन् । आइतबारदेखि राजधानीमा जारी युवा संघ नेपालको विस्तारित बैठकलाई दोस्रो दिन सम्बोधन गर्दै नयाँ महेश बस्नेतहरु जन्माउन युवा संघका नेताहरुलाई आग्रह गरेका छन् । युवा संघका अध्यक्ष समेत...

जलस्रोत समितिले बाेलायाे उर्जा मन्त्रालय र प्राधिकरणलाई

२०७१ भदौ २९ गते १२:१८

काठमाण्डु, २९ भदौ–  व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख नियुक्त हुन नसक्नाका कारण दश दिनभित्र पेस गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको अाइतबार सिंहदरबारमा बसेको बैठकले लामो समयसम्म प्राधिकरणको प्रमुख नियुक्त हुन नसक्दा प्रशासनिक, आर्थिक तथा प्राविधिक समस्या उत्पन्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us