ट्याक्सी चालकको दादागिरी

काठमाण्डु टुडे २०७१ भदौ ३० गते १:२९ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– पञ्चर चक्का फेर्ने विवादमा ट्याक्सी चालक र ट्राफिक प्रहरीबीच भनाभन हुदाँ बिजुलीबजार सडकखण्मा आइतबार बिहान taxiआधा घन्टाभन्दा बढी जाम भयो ।
ट्राफिक प्रहरी कृष्ण उपाध्यायले बा १ ज २१३१ नम्बरको ट्याक्सी चालक मानबहादुर खातीलाई सडकबाट थोरै साइट लगाएर टायर फेर्न आग्रह गर्दा भनाभन भएको थियो ।
चालकले ट्याक्सी सडकमै तेर्स्याएर राख्दा ट्राफिक जाम भएको थियो । चालकले विवाद गर्न थालेपछि भिड लागेको थियो ।

यो प्रतिनिधिमुलुक घटना मात्र हो । केही दिनअघि गंगबुमा मिटर जान नमान्दा चालकको जमातले नै ट्राफिक प्रहरीलाई घेरेका थिए । प्रहरी महाशाखाका अनुसार सबैभन्दा बढी ट्राफिक नियम मिच्ने ट्याक्सी चालक हुन् । अहिले उपत्यकामा ८ हजार ट्याक्सी गुड्छन् ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us