काठमाण्डु, ३० भदौ– दसैंको मुखमा खाद्यान्नमा चरम मूल्यवृद्धि भएको छ । चामल, दाल लगायत अधिकांश खाद्यानन्नमा चर्को मूल्यवृद्धि भएको
हो ।
साउनमा ४८ रुपैयाँ प्रतिकेजीमा पाइने सोना मनसुली चामलको मूल्य भदौंको दोस्रो हप्तादेखि ५४ रुपैयाँ पुगेको छ । त्यस्तै साउनमा मनसुली चामल प्रतिकेजी ५२ रुपैयाँमा पाइन्थ्यो भने भदौमा बढेर ६० रुपैयाँ पुगेको छ ।
त्यस्तै साउनमा १ सय ३० रुपैयाँमा पाइने रहरको दाल अहिले १ सय ४५ पुगेको छ । सेतो केराउ ६० रुपैयाँबाट ६७ र ३४ रुपैयाँमा पाइने आलु प्रतिकेजी ४८ रुपैयाँ पुगेको छ ।