प्रधानमन्त्रीसँग जवाफ माग्याे मानवअधिकार समितिले

काठमाण्डु टुडे २०७१ भदौ २९ गते ७:२४ मा प्रकाशित

काठमाण्डु, २९ भदौ– प्रधानमन्त्री सुशील काेइरालासँग संसदको सामाजिक न्याय तथा मानव अधिकारसमितिले मानव अधिकार आयोगमा पदाधिकारी नियुक्ति र सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनमा भएको प्रगति विवरण  मागेकाे छ ।

sushilसमितिको आइतबार बसेको बैठकले लामो समयदेखि रिक्त रहेको मानव अधिकार आयोगको पदाधिकारी नियुक्ती र संसदमा पुगेर अड्किएको आयोग गठनको प्रक्रियाबारे प्रधानमन्त्रीसँग जवाफ माग्ने निर्णय गरेको हो ।

आयोगले प्रधानमन्त्रीलाई बुधबार बस्ने समितिको बैठकमा उपस्थित हुन निर्देशन दिएको सभापति सुशीलकुमार कार्कीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us