काठमाण्डु, २९ भदौ– भारतीय चिकित्सकले मस्तिष्कघात र हृदयघातपछि नर्भिक अस्पतालमा उपचाररत एमाओवादी उपाध्यक्ष पोष्टबहादुर
बोगटीलाई भारत नल्याउन सुझाव दिएका छन् ।
आफूहरुले पनि नर्भिकमा उपचार गराइएको विधि र प्रविधि प्रयोग गरी उपचार गर्ने भएकाले नल्याउन सुझाव आएको हो । स्वास्थ्यमा सन्तोषजनक सुधार नदेखिएपछि एमाओवादी नेतृत्वले बोगटीलाई थप उपचारका लागि भारतको मेदान्त सिटी अस्पताल लैजाने तयारी गरेको थियो ।
एमाओवादीले भारत लैजान चाहेपछि नर्भिक अस्पतालले उनको अहिलेसम्म गरिएको परीक्षण र उपचार प्रक्रियासम्बन्धी कागजात मेदान्तमा पठाएको थियो ।
‘यहाँ ल्याए पनि गर्ने उपचार त्यही हो, उतै उपचार गर्नु राम्रो हुन्छ भन्ने खबर आयो’, बोगटीको रेखदेख गर्दै आएका एमाओवादी नेता विवेक शर्माले भने, ‘भारत लाने तयारी रोकिएको छ ।’ उनका अनुसार बोगटीको स्वास्प्रस्वासमा समस्या देखिएपछि शनिबारबाट भेन्टिलेटर मा राखेर उपचार गरिएको छ । बोगटीलाई बिहीबार राति घरमै बसिहरका बेला हृदयघात भएको थियो ।
लगत्तै गंगालाल हृदयरोग केन्द्र लगेर एन्जियोप्लास्टी सर्जरी गरी मुटुका बन्द नसा खोलिए पनि उनलाई मस्तिस्कघात समेत भएको थाहा पाएपछि नर्भिक पुर्यागइएको थियो । चिकित्सकका अनुसार बोगटीको मस्तिष्कको देब्रेतर्फको भागमा रगत जमेको छ । उनको शरीरको दायाँ भाग चलेका छैनन् ।
न्यूरोलोजिस्ट डा।पंकज जलान र वरिष्ठ मुटुरोग विशेषज्ञ डा। यादवदेव भट्ट नेतृत्वको टोली बोगटीको उपचारमा संलग्न छ ।