निराश हुँदै फर्किए नेविसंघका प्रतिनिधि

काठमाण्डु टुडे २०७१ भदौ २९ गते २:१३ मा प्रकाशित

काठमाण्डु, २९ भदौ– नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन उद्घाटनको अघिल्लो दिन स्थगित भएको छ ।
nebi sanghस्थगित भएको सूचना पाएपछि प्रतिनिधिहरु निराश र आक्रोशित बनेर फर्कन थालेका छन् । काठमाण्डु आउँदै गरेका प्रतिनिधि भने बीच बाटोबाटै फर्केका छन् ।
नेविसंघ महाधिवेशन आइतबारदेखि मंगलबारसम्म गर्ने पूर्वघोषणा थियो । तर, विभिन्न जिल्ला र क्याम्पसमा विवाद तथा व्यवस्थापन तयारी पूरा नभएका कारण स्थगित भएको महाधिवेशन प्रचारप्रसार समिति संयोजक मोतीलाल भण्डारीले बताए ।
भण्डारीका अनुसार महाधिवेशनमा सहभागी हुन देशभरबाट झन्डै सात सय प्रतिनिधि काठमाण्डु आइसकेका थिए । केही बाटोमा थिए । काठमाण्डु आएका प्रतिनिधिका लागि खाने/बस्ने व्यवस्थासमेत गरिएको थिएन । नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us