नुवाकोट, २८ भदौ– अविरल वर्षासँगै खसेको पहिरोको कारण अवरुद्ध पासाङ ल्हामु राजमार्गको काठमाण्डु–त्रिशूली खण्डमा यातायात सञ्चालनमा
आएको छ ।
डोजरको सहायतामा पहिरो पन्छाएपछि चार दिनदेखि अवरुद्ध यातायात शनिबारबाट खुलेको हो । बुधबार राति वर्षातसँगै उक्त सडकको ३५ किलोदेखि बेलकोटसम्म करिब सयभन्दा बढी स्थानमा पहिरो खसेर सडक भत्किएको थियो ।
पहिरोका कारण साना–ठूला गरी करिब डेढ दर्जन सवारी साधन बीच बाटैमा रोकिएका थिए । डिभिजन सडक कार्यालय त्रिशूलीले उक्त सडकमा ठूला सवारी चलाउन अझै जोखिम रहेको जनाएको छ ।
कार्यालयका इञ्जिनियर लालसिह ऐरीले केही दिनभित्रै ठूला सवारीसमेत चलाउने मिल्ने गरी सडक सुचारु गराइने बताए ।