बाबुरामसँग देश टुक्रयाउने माग राख्ने राउत पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ २९ गते २:३८ मा प्रकाशित

काठमाण्डु, २९ भदौ– भावी संविधानमा देश टुक्र्याउन पाउने अधिकार राख्न माग राखेर तराईमा अभियान चलाउँदै आएका डा. सीके राउत पक्राउ ck rautपरेका छन् ।
सामाजिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न भएको भन्दै उनलाई शनिबार दिउँसो मोरङ प्रहरीले पक्राउ गरेको हो ।

मोरङको रंगेलीमा स्थानीयलाई जम्मा गरेर राष्ट्रिय एकता बिग्रने आसयको भाषण गरिरहेको सूचनाका आधारमा प्रहरीले डा। राउतलाई पक्राउ गरेको स्रोतले बतायो ।   मोरङ प्रहरीका डीएसपी प्रभु ढकालले राउतलाई पक्राउ गरेको पुष्टि गरे । ‘सामाजिक सदघाव बिगार्ने गतिविधि गरेको सूचनाका आधारमा पक्राउ गरेर अनुसन्धान थालेका छौं,’ उनले भने ।

यसअघि संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमार्फत राउतले ‘राज्यसँग छुट्टिन पाउनुपर्ने अधिकार’ आगामी संविधानमा उल्लेख गर्नुपर्ने सुझाव राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us