काठमाण्डु, २८ भदौ– काँग्रेस सम्वद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय समिति भंग गर्नुपर्ने माग गर्दै दुई कार्यकर्ताले काँग्रेस
केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन सुरु गरेका छन् ।
आइतबारबाट काठमाण्डुमा हुने भनिएको अधिवेशन अन्तिम समयमा स्थगित भएपछि गणेश सापकोटा र शंकर पौडेलले केन्द्रीय समिति भंग हुनुपर्ने माग राखेर शनिबार साँझबाट आमरण अनसन सुरु गरेका हुन् ।
रञ्जित कर्ण नेतृत्वको वर्तमान केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने माग उनीहरुको छ ।
देशभरका प्रतिनिधि राजधानी आइसकेको अवस्थामा काँग्रेस पदाधिकारी र निर्देशक समितिको संयुक्त बैठकले शनिबार महाधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको थियो ।