काठमाण्डु, २९ भदौ– राजधानीबाट सामान भरेर तेस्रो मुलुकका लागि हिँडेको ट्रकको कन्टेनर थानकोट कट्नासाथ रित्तो भेटिएपछि राज्य संयन्त्रसँगको मिलेमतोमा अवैध सामानको तस्करीलाई वैधानिकता दिने खतरनाक घटना अनुसन्धानको दायरामा आएको छ ।
घटना यही भदौ २० गतेको हो । भारतबाट एउटा ट्रक सामान बोक्ने कन्टेनरसहित वीरगन्ज नाकाबाट नेपाल पस्यो । बेलाबेला कुनै सुरक्षा निकायले स्कर्टिङ गरेझैं गरी सुरक्षाका गाडी अघिपछि हुँदै काठमाण्डु छिर्यो । भोलिपल्टै उक्त ट्रकमा चार हजार केजी चिया भरियो । त्यसपछि उस्तै गरी ट्रक बाटो लाग्यो वीरगन्जतिर ।
सुरक्षासमेत दिइएको आभास पाएपछि प्रहरीको विशेष ब्युरोको टोलीले त्यसलाई थानकोटदेखि निगरानीमा राख्यो । धादिङको गजुरी पुगेपछि त्यसको परीक्षण गर्दा ट्रक उस्तै खाली थियो, तर कन्टेनरमा भन्सारको छापामात्र होइन, कोलकाता हुँदै मलेसियातर्फ निर्वाध पुग्न सक्ने गरी विमानस्थल भन्सारको पत्र पनि त्यहीं थियो ।
प्रहरी स्रोतका अनुसार काठमाण्डु आउँदा र फर्कंदा कुनै सुरक्षा निकायकै सहयोग र सुरक्षा दिएजस्तो देखिएपछि विशेष ब्युरोका टोलीले गजुरीमा ट्रक रोकेर खानतलासी गरेको थियो । त्यस क्रममा ट्रकका ड्राइभर मात्र फेला परे तर, उनको साथमा भन्सारका सक्कली कागजात थिए । विमानस्थलमा लोड गरेको सामान नक्खुतिरै निकालेर खाली कन्टेनर लगेको बयान ट्रक ड्राइभरले दिएका छन् ।
यो प्रकरणको अनुसन्धान गरिरहेका राजस्व अनुसन्धान विभाग हरिहरभवनका निर्देशक कालीप्रसाद पोखरेलले कन्टेनर किन खाली गरियो भन्ने खुल्न बाँकी रहेको बताए । अन्नपुर्ण पोष्टबाट