अन्तर्राष्ट्रिय

जमाते इस्लामी नेता कादरलाई फाँसी

२०७० मंसिर २८ गते १:४३

काठमाण्डु, २८ मंसिर– जमाते इस्लामी नेता अब्दूल कादर मुल्लालाई फाँसी दिइएको छ । स्थानीय समय अनुसार विहीबार रातीे १० बजे बंगलादेशको राजधानी ढाकास्थित केन्द्रीय कारागारभित्र कादरलाई फाँसी दिइएको हो । फाँसी दिइएको विरोधमा राजधानी ढाका लगायतका स्थानमा हिंसात्मक प्रदर्शन भैरहेको छ । प्रहरी र...

जापानी बौद्ध धर्मावलम्बी ‘सीमाविहीन चिकित्सक’अभियानमा

२०७० मंसिर २७ गते १८:३७

टोकियो, २८ मंसिर–सबैभन्दा पहिले त चिकित्सकहरूले ‘सीमाविहीन चिकित्सक’ को संस्था स्थापना गरेका थिए,त्यसपछिको पालो समाचारदाताहरूको थियो । अहिलेको समय धार्मिक समूहको बनेको छ र जापानमा सीमाविहीन भिक्षु’ नामक संस्था स्थापना भएको छ । जापानको प्राचीन राजधानी क्योटोमा धार्मिक समूहको बैठकमा ‘सीमाविहीन भिक्षु’ स्थापना भएको...

पाकिस्तानमा नयाँ प्रधानन्यायाधीश

२०७० मंसिर २७ गते १८:१५

इस्लामाबाद, २७ मङ्सिर–पाकिस्तानका नयाँ प्रधान न्यायाधीश तसादक हुसेन जिलानीले बिहीबार राष्ट्रपति मामनुन हुसेनसमक्ष सपथग्रहण गरेका छन । पूर्व प्रधानन्यायाधीश इफ्तिखार मुहम्मद चौधरीले एक दिन अगाडि अवकाश लिएका थिए । सपथग्रहण समारोहमा प्रधानमन्त्री नवाज सरिफ, चौधरी, मन्त्रीसहित उच्च सरकारी अधिकारीहरू उक्त कार्यक्रममा उपस्थित थिए ।...

समलिङगी शारीरिक सम्पर्क माथि प्रतिबन्ध लगाउने अदालतको निर्णयको बिपक्षमा लागे भारतीय अर्थमन्त्री

२०७० मंसिर २७ गते १५:२४

नयाँ दिल्ली, मंसिर–भारतका अर्थमन्त्री पी. चिदम्बरमले सर्वोच्च अदालतले पुनःस्थापना गरेको समलिङ्गी शारीरिक सम्बन्धमाथिको कानुनी प्रतिबन्धले भारतलाई १९ औँ शताब्दीमा फर्काएको बताएका छन । सो निर्णयलाई छिटै उल्टाउन पनि उनले आग्रह गरेका छन । अर्थमन्त्री चिदम्बरम सरकारका प्रवक्ता पनि हुन । उनले बुधबारको निर्णयपछि समलिङ्गी...

अस्ट्रेलियामा समलिङ्गी विवाह वैध

२०७० मंसिर २७ गते ५:४४

काठमाण्डु २७ मंसिर–समलिङ्गी सम्बन्धलाई भारतले अस्वीकृत गरेपनि अर्को एसियाली देश अस्टे«लियाले भने वैधानिकता दिएको छ । अस्टे«लियाको उच्च अदालतले राजधानि भित्र समलिङ्गी बिबाह गर्न पाउने संवैधानिक व्यवस्था गरेको हो । अस्टे«लियाका कतिपय संघिय राज्यहरुले भने केन्द्रीय उच्च अदालतको फैसला आफूहरुको कानुनसँग बाझिने भन्दै बिरोध...

अमेरिकामा ओबामाप्रति समर्थन कमजोर

२०७० मंसिर २६ गते १५:३९

वासिङटन, २६ मङ्सिर–अमेरिकी राष्ट्रपति बाराक ओबामाले लागु गरेको स्वास्थ्य सेवा कानुनप्रति अस्वीकृति प्रदर्शन गर्दै उनको कामप्रति अस्वीकृतिको दर चुलिदै गएको छ । एनबीसी न्युज र वाल स्ट्रिट जर्नलले गरेको अभिमत सर्वेक्षणमा उनको काम प्रति अस्वीकृतिको दर हालसम्मकै सबैभन्दा उच्च देखिएको छ । बुधबार प्रकाशित...

चीनको बजारमा लागेको आगोका कारण सोह्रको मृत्यु

२०७० मंसिर २६ गते १५:२९

बेइजिङ, २६ मंसिर–हङकङको सीमामा रहेको सेनझेनमा अवस्थित रोङजियान कृषि थोकबजारमा बुधबार बिहान लागेको आगोका कारण १६ जनाको मृत्यु भएको छ । सरकारी समाचार संस्था सिन्ह्वाले एक बालिका सहित १६ व्यक्तिको मृत्यु भएको तथा पाँच घाइते भएको पुष्टी गरेको छ । उक्त बजारका व्यवस्थापकलाई प्रहरीले...

इस्लामिक नेता कादिरको फाँसी स्थगित

२०७० मंसिर २६ गते ४:५७

काठमाण्डु, २६ मंसिर–बंगलादेशको सर्बोच्च अदालतले इस्लामिक नेता अब्दूल कादिर मुल्लाहको मृत्युदण्ड तत्कालकोलागि स्थगित गरेको छ । कादिरलाई मंगलबार स्थानीय समयअनुसार राती १२ बजे फाँसी दिन लागिएको थियो । तर, उनका वकीलहरुले सरकारले कानुनी प्रकृया पूरा नगरी मृत्युदण्ड दिन लागेको भन्दै अपील गरेपछि सर्बोच्चले तत्कालको...

अमेरिकी राष्ट्रपति र पूर्वराष्ट्रपतिको अफ्रिकामा ओइरो

२०७० मंसिर २५ गते ११:३७

जोहानेस्बर्ग, २५ मंसिर– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एवम् अस्वेत आन्दोलनका प्रमुख नेल्सन मण्डेलाको अन्त्येष्टिमा सहभागिताका लागि दक्षिण अफ्रिका पुगेका छन् । राष्ट्रपति ओबामा र अमेरिकी प्रथम महिला मिचेल मङ्गलबार दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा पुगेको जनाइएको छ । राष्ट्रपति...

भारतीय राष्ट्रपति मण्डेलाको सम्मानमा दक्षिण अफ्रिका जाँदै

२०७० मंसिर २५ गते ११:३४

नयाँ दिल्ली, २५ मंसिर– भारतीय राष्ट्रपति प्रणव मुखर्जी दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एमव् अस्वेत आन्दोलनका अग्रणी नेल्सन मण्डेलाको अन्त्येष्टि समारोहमा सहभागी हुन सोमबार राति त्यसतर्फ प्रस्थान गरेका छन् । उनीसँगै भारतीय सत्तारुढ दल भारतीय काँग्रेसकी नेत्री सोनिया गान्धी पनि सोही कार्यक्रममा सहभागी हुन त्यसतर्फ...

रुसको सरकारी समाचार संस्था बन्द

२०७० मंसिर २५ गते २:३४

काठमाण्डु, २५ मंसिर–रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले त्यहाँको राष्ट्रिय समाचार संस्था रिया नोभोस्ती बन्द गर्ने घोषणा गरेका छन् । समाचार संस्थालाई भंग गर्ने घोषणा गरिए पनि त्यसको कारण भने केहि बताईएको छैन । आफ्नो निर्णय अचानक एक आधिकारिक सरकारी वेभसाईट मार्फत सार्बजनिक गर्दै रुसी राष्ट्रपति...

संसद भंग गर्दै निर्वाचन प्रस्तावपछि पनि प्रदर्शन जारी

२०७० मंसिर २४ गते १३:४५

बैंकक, २४ मंसिर– थाइल्यान्डका प्रधानमन्त्रीले करिब एक महिनायतादेखि जारी रहेको आन्दोलनको अन्त्यका लागि नयाँ निर्वाचनको प्रस्ताव गरेपछि पनि विपक्षीहरुको विरोध प्रदर्शन नरोकिएको बताइएको छ । प्रस्तावपछि विपक्षीहरुले नयाँ निर्वाचनमा जानसक्ने अनुमान गरी उनले संसद भंग गरी नयाँ निर्वाचनको प्रस्ताव गरेकी हुन् । तर सोमबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us