भारतीय युवती विवाह गरेर ल्याए, घाँटी थिचेर हत्या गरे

काठमाण्डु टुडे २०८२ असार ८ गते २१:१७ मा प्रकाशित

वीरगन्ज, ८ असार– श्रीमती हत्या आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

जगरनाथपुर गाउँपालिका–४ की २१ वर्षीया लालबीबी खातुनको श्रीमान २३ वर्षीय सफिराजा मियाँले हत्या गरेका हुन् ।

शनिबार मध्यरातमा सुतिरहेकी श्रीमतीको ओछ्यानमै घाँटी अँठ्याएर हत्या गरेको आरोपमा प्रहरीले आइतबार मियाँलाई पक्राउ गरेको छ ।

पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जानकारी दिए । प्रहरीका अनुसार मियाँले भारतीय नागरिक खातुनलाई डेढ वर्षअघि विवाह गरेर ल्याएका थिए ।

 

हेटौंडामा आल्मुनियमको काम गर्दै आएका मियाँ शुक्रबार मात्र घर गएका थिए । डिएसपी लम्सालका अनुसार उनीहरु श्रीमान श्रीमतीबीच राम्रोसँग बोलचाल थिएन ।

मियाँ केही समयअघि तीन महिना सुधार गृहमा समेत बसेका थिए । यसैबीच प्रहरीले घटना अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर मियाँलाई हिरासतमा राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us