संसद भंग गर्दै निर्वाचन प्रस्तावपछि पनि प्रदर्शन जारी

काठमाण्डु टुडे २०७० मंसिर २४ गते १३:४५ मा प्रकाशित

बैंकक, २४ मंसिर– थाइल्यान्डका प्रधानमन्त्रीले करिब एक महिनायतादेखि जारी रहेको आन्दोलनको अन्त्यका लागि नयाँ निर्वाचनको प्रस्ताव गरेपछि पनि विपक्षीहरुको विरोध प्रदर्शन नरोकिएको बताइएको छ ।

प्रस्तावपछि विपक्षीहरुले नयाँ निर्वाचनमा जानसक्ने अनुमान गरी उनले संसद भंग गरी नयाँ निर्वाचनको प्रस्ताव गरेकी हुन् । तर सोमबार पनि विपक्षी दलहरुले सरकार विरोधी प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

कबिर महिनादिन यतादेखि आन्दोलन गर्दै आएका प्रतिपक्षी सांसदहरूले आइतबार सामूहिक रूपमा राजिनामा दिएका थिए । सो राजिनामापछि देशमा राजनीतिक सङ्कट अझै गहिरिएको बताइन्छ । प्रधानमन्त्री यिङलक सिनावात्राले आइतबार सरकारविरोधी आम प्रदर्शन अन्त्य गर्न निर्वाचन गर्ने आफ्नो चाहना व्यक्त गरेकी थिइन् ।

नयाँ निर्वाचनको प्रस्तावपछि सोमबार बैंककको सडकमा करिब एक लाख नागरिकले प्रदर्शन गरिरहेका समाचारमा जनाइएको छ । सो माचारका अनुसार केही दिनयता प्रदर्शनकारीको सङ्ख्या घटिरहेको भएपनि सोमबार झन बढेको छ ।

विगतदेखि प्रदर्शन गरिरहेका विपक्षी नेताहरूले यो प्रदर्शन प्रधानमन्त्री सिनावात्रालाई पदमुक्त गर्न तथा उनका दाजु थाकसिनको प्रभाव कम गर्न अन्तिम प्रदर्शन हुने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us