अस्ट्रेलियामा समलिङ्गी विवाह वैध

काठमाण्डु टुडे २०७० मंसिर २७ गते ५:४४ मा प्रकाशित

काठमाण्डु २७ मंसिर–समलिङ्गी सम्बन्धलाई भारतले अस्वीकृत गरेपनि अर्को एसियाली देश अस्टे«लियाले भने वैधानिकता दिएको छ । अस्टे«लियाको उच्च अदालतले राजधानि भित्र समलिङ्गी बिबाह गर्न पाउने संवैधानिक व्यवस्था गरेको हो ।

अस्टे«लियाका कतिपय संघिय राज्यहरुले भने केन्द्रीय उच्च अदालतको फैसला आफूहरुको कानुनसँग बाझिने भन्दै बिरोध गरेका छन् ।

अदालतले राजधानि क्यान्बेरा भित्र हुने समलिङ्गी विवाहलाई वैधानिकता दिने कानुन ल्याएको छ । अस्ट्रेलियाको संघिय राज्यले सन् २००४मा महिला र पुरुषबीच मात्र विवाह हुने स्पस्ट पारेको थियो ।

प्रधानमन्त्री टोनि अब्बोटले नेतृत्व गरेको गठबन्धनले भने समलिङ्गी विवाहको बिरोध गरेको छ । गत बर्ष समलिङ्गी विवाह सम्बन्धी विधेयक दुवै सदनबाट अस्वीकृत भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us