चीनको बजारमा लागेको आगोका कारण सोह्रको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर २६ गते १५:२९ मा प्रकाशित

बेइजिङ, २६ मंसिर–हङकङको सीमामा रहेको सेनझेनमा अवस्थित रोङजियान कृषि थोकबजारमा बुधबार बिहान लागेको आगोका कारण १६ जनाको मृत्यु भएको छ । सरकारी समाचार संस्था सिन्ह्वाले एक बालिका सहित १६ व्यक्तिको मृत्यु भएको तथा पाँच घाइते भएको पुष्टी गरेको छ ।

उक्त बजारका व्यवस्थापकलाई प्रहरीले हिरासतमा लिएको छ ।     उक्त आगो नियन्त्रण गर्न १४५ अग्निनियन्त्रक र २९ दमकललाई डेढ घण्टा लागेको अग्निनियन्त्रण विभागले जानकारी दिएको छ ।
    आगलागीका कारणका विषयमा अनुसन्धान भइरहेको र उद्धारकर्मीहरले अझै घटनास्थलमा छानबिन गरिरहेको बताइएको छ ।
    मृतकहरू उक्त बजारमा रहेका चार भण्डारसँग सम्बन्धित रहेको नगर अग्निनियन्त्रण विभागका प्रवक्ता झाङ सियाओवेइले बताए । आगो फैलिएको देख्ने सुरक्षाकर्मी वाङ लोङले पसलका मालिक तथा उनीहरूको परिवार आफ्नो व्यापार बिहानै आरम्भ गर्न सोही स्थानमा बसोबास गर्ने गरेको बताए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us