इस्लामिक नेता कादिरको फाँसी स्थगित

काठमाण्डु टुडे २०७० मंसिर २६ गते ४:५७ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर–बंगलादेशको सर्बोच्च अदालतले इस्लामिक नेता अब्दूल कादिर मुल्लाहको मृत्युदण्ड तत्कालकोलागि स्थगित गरेको छ ।

कादिरलाई मंगलबार स्थानीय समयअनुसार राती १२ बजे फाँसी दिन लागिएको थियो । तर, उनका वकीलहरुले सरकारले कानुनी प्रकृया पूरा नगरी मृत्युदण्ड दिन लागेको भन्दै अपील गरेपछि सर्बोच्चले तत्कालको लागि फाँसी दिन रोक लगाएको हो ।

सन् १९७१ मा स्वतन्त्रता संग्रामको बेला मानवताविरोधी अपराध गरेको अभियोगमा उनलाई अदालतले गत फेब्रुअरी महिनामा फाँसीको सजाय सुनाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us