नेपाली महिलाको नग्न तस्बिर खिचेर फेसबुकमा पोष्ट गर्ने भारतीय पक्राउ

काठमाण्डु टुडे २०८२ असार ९ गते ७:०७ मा प्रकाशित

काठमाण्डू, ९ असार– प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक भारतीय युवालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोले भारत बिहारका वर्षीय अम्मरनाथ कुमारलाई धादिङको खानीखोलाबाट पक्राउ गरेको हो ।

उनले  साथी बनेर कुराकानी गरेकी महिलाको नग्न तस्बिर र भिडियो सामाजिक सञ्जलमा अपलोड गरेको पाइएकाले पक्राउ गरिएको ब्युरोका एसपी दिपकराज अवस्थीले बताए ।

पक्राउ परेका युकवले नक्कली फेसबुक खाता बनाएर महिलाका परिवारलाई पठाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us