
बारा, ९ असार– बारा र रुपन्देहीमा भारी वर्षा भएको छ ।
ती दुई जिल्लामा गएराति देखि नै भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार बाराको रजुवा केन्द्रमा सोमबार बिहान १०४ मिलिमिटर र रुपन्देहीको लुम्बिनीमा ८९.६ मिलिमिटर वर्षा भएको छ ।
मनसुनी वायु देशव्यापी सक्रिय भएको र मुलुकका अधिकांश स्थानमा वर्षात भइरहेको छ ।