जापानी बौद्ध धर्मावलम्बी ‘सीमाविहीन चिकित्सक’अभियानमा

काठमाण्डु टुडे २०७० मंसिर २७ गते १८:३७ मा प्रकाशित

Dr ian Ellisटोकियो, २८ मंसिर–सबैभन्दा पहिले त चिकित्सकहरूले ‘सीमाविहीन चिकित्सक’ को संस्था स्थापना गरेका थिए,त्यसपछिको पालो समाचारदाताहरूको थियो । अहिलेको समय धार्मिक समूहको बनेको छ र जापानमा सीमाविहीन भिक्षु’ नामक संस्था स्थापना भएको छ ।

जापानको प्राचीन राजधानी क्योटोमा धार्मिक समूहको बैठकमा ‘सीमाविहीन भिक्षु’ स्थापना भएको जोको–जी मन्दिरका मुख्य पुजारी हिराआकी नाकाजिमाले बताए ।
नाकाजिमाले बौद्ध धर्मावलम्बीको अन्य विभिन्न धर्मका व्यक्तिहरूसँग नियमित रूपमा अन्तरक्रिया नहुने गरेको र बौद्धवादको नाममा आपसी सहयोग कायम गर्नसकिने र यसले व्यक्तिको आत्मा तथा जीवनलाई मुक्ति दिने बताए ।

नाकाजिमाले यस समूहप्रति विदेशमा पनि अभिरुचि जागेको बताए । उनले भिक्षुहरूले कमजोरलाई सहयोग गर्ने, अस्पतालमा बिरामीलाई सहयोग गर्ने तथा प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग गर्ने कार्य गरे पनि उनीहरूका बारेमा राम्रोसँग प्रचारप्रसार नभएको बताए ।

उनले सरकार तथा बौद्ध अधिकारीसँग विवाद हुन नदिन समूह खुला रहने तथा आफ्नो क्रियाकलाप सञ्चालन गर्ने बताए ।

सीमाविहीन चिकित्सकले युद्धक्षेत्र तथा दैवीप्रकोप प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउने गर्छ । सीमाविहीन समाचारदाता (पत्रकार) ले प्रेस स्वतन्त्रता प्रवद्र्धन गर्ने कार्य गर्छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us