काठमाण्डु, १ पुस– वामपन्थी नेता मिसेल ब्याचलेट दक्षिण अमेरिकी देश चीलीकी राष्ट्रपति चुनिएकी छन् । सत्तारुढ मध्यमार्गी दक्षिणपन्थी गठबन्धनका एभलिन माथेईलाई ठूलो अन्तरले पराजित गर्दै ब्याचलेट दोस्रोपटक चीलीकी राष्ट्रपतिको रुपमा विजयी भएकी हुन् । यसअघि सन् २००६ देखि २०१० सम्म उनी चीलीकी राष्ट्रपति थिईन्...
भ्याटिकन, ३० मंसिर– पोप फ्रान्सिसले लगामविहीन पूँजीवादविरुद्ध कडा आलोचना गरेपछि त्यसको अमेरिकामा परम्परावादी टिप्पणीकर्ताहरूले कडा आलोचना गरेपछि उनले धेरै राम्रा माक्र्सवादीलाई चिने पनि आफू कम्युनिस्ट नभएको बताएका छन् । ‘माक्र्सवादी विचारधारा गलत हो । तर मेरो जीवनमा मैले धेरै राम्रा माक्र्सवादी भेटेको छु र...
दक्षिण अफ्रिका, ३० मंसिर– दक्षिण अफ्रिकी प्रथम काला राष्ट्रपति नेल्सन मन्डेलाप्रति राज्यले भावपूर्ण अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि तथा विद्यार्थीले उनका समानता तथा न्यायका आदर्शलाई पालना गर्ने दृढता व्यक्त गरेपछि आइतबार उहाँको पार्थिव शरीरलाई चिर विश्रान्तिका लागि समाधिस्थ गरिएको छ । मन्डेलाको शवदानलाई उनको बाल्यकालको...
कायरो, ३० मंसिर–इजिप्टमा संविधान लेखनका लागि आगामी जनवरी १४ र १५ मा जनमत सङ्ग्रह गरिने भएको छ । शनिबार इजिप्ट सरकारले जनमत सङ्ग्रहको घोषणा गरेको हो । गत केही महिनादेखि राजनीतिक सङ्कट जारी रहेको इजिप्टमा सो निर्वाचनको आह्वान गरिएको छ । सो निर्वाचनपछि उक्त...
अमेरिका, २९ मंसिर– संयुक्त राष्ट्र सङ्घले शुक्रबार प्रकाशन गरेको एक प्रतिवेदनमा महासचिव बान कि–मुनले सिरियामा रासायनिक हतियार प्रयोग गर्ने जिम्मेवार व्यक्तिहरूमाथि कारवाही हुनुपर्ने माग गरेका छन् । उक्त प्रतिवेदनमा दमासकसले प्रतिबन्धित हतियार प्रयोग नगर्न सहमति गर्नुपूर्व पाँच पटक रासायनिक प्रयोग भएको उल्लेख गरिएको छ...
लस एन्जलिस, २९ मंसिर– अमेरिकामा गत वर्ष न्युटाउन विद्यालयमा भएको आमहत्याको वार्षिकीको पूर्वसन्ध्यामा कोलोराडोस्थित अरापाहो माध्यमिक विद्यालयमा सटगन बोकेका एक स्कूले छात्रले शुक्रबार गोली प्रहार गरी आफ्ना दुई साथीलाई घाइते बनाएका छन् भने पछि आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । अरापाहो माध्यमिक विद्यालय...
काठमाण्डु,मंसिर -यसै साता भारतका पाँच राज्य – दिल्ली, राजस्थान, मध्यप्रदेश, छत्तीसगढ तथा मिजोरममा राज्यस्तरीय संसद विधानसभाको निर्वाचन सम्पन्न भएको छ र राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भारतीय जनता पार्टी (बीजेपी) को नेतृत्वमा सरकार बनेका छन् । मिजोरममा कङ्ग्रेस पार्टीले पुनः शासन प्राप्त गरेको छ भने...
वासिङ्टन, २९ मंसिर–चीनको एक नौसैनिक जहाज गत साता दक्षिण चीन जल क्षेत्रमा तनावपूर्ण अवस्थामा एक अमेरिकी युद्धक जहाजसँग डरलाग्दो रूपमा नजिक पुगेको जानकारी अमेरिकी सैनिक अधिकारीहरुले शुक्रबार दिएका छन् । नौसैनिक अधिकारी तथा प्रतिरक्षा अधिकारीहरुले चिनियाँ जहाज निर्देशित क्षेप्यास्त्र क्रुइजर युएसएस काउपेन्सको सोझै अगाडि...
नयाँ दिल्ली, २८ मंसिर–अफगानिस्तानले आफनो मुलुकबाट अमेरिकी सेना फिर्ता पठाएर भारतीय सैन्य सामग्री आपुर्ति गर्ने चाहना व्यक्त गरेको छ । अफगान राष्ट्रपति हमिद करजईले आउँदो वर्षदेखि अफगानिस्तानमा अमेरिकी सेनालाई कायम रहन दिन आफ्नो मुलुकले दबाबपूर्ण सम्झौतामा हस्ताक्षर नगर्ने बताउँदै भारतलाई थप सैनिक सामग्री उपलब्ध...
चीन, २८ मंसिर– मध्य चीनमा अवस्थित एक अदालतले एक प्राथमिक विद्यालयमा चक्कु आक्रमण गर्ने व्यक्तिलाई शुक्रबार मृत्युदण्डको सजाय सुनाएको छ । ती व्यक्तिले गत डिसेम्बरमा हेनान प्रान्तको गुआङगसान जिल्लामा अवस्थित एक प्राथमिक विद्यालयका विद्यार्थीमाथि चक्कु प्रहार गरी २३ जना विद्यार्थीलाई घाइते बनाएका थिए । ...
साना, २८ मंसिर– अमेरिकी चालकरहित विमानको कडा आलोचना भइरहेको यस बखतमा यमनमा पुनः बिहीबार चालकरहित विमान आक्रमण भएको छ । उक्त जानकारी चिकित्सक र प्रहरी स्रोतले शुक्रबार दिएका छन् । बिहीबार गरिएको सो आक्रमण विवाहको जन्ती बोकेको एक गाडीलाई लक्ष्यगरी गरिएको प्रहरी स्रोतले जनाएको...
सिजीआजुआङ् (चीन) २८ मंसिर–उत्तरी चीनको हेबेई प्रान्तमा कृषिजन्य सामानहरू गोदाम गर्ने एक गोदामघर भत्किँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । सो गोदामघर निर्माणधिन अवस्थामा रहेको पनि सो प्रान्तका अधिकारीहरूले जनाएका छन् । हेबेई प्रान्तको जुन्हुआ सहरबाट र प्रकाशित एक सरकारी विज्ञप्ति अनुसार सो...