
सिजीआजुआङ् (चीन) २८ मंसिर–उत्तरी चीनको हेबेई प्रान्तमा कृषिजन्य सामानहरू गोदाम गर्ने एक गोदामघर भत्किँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ ।
सो गोदामघर निर्माणधिन अवस्थामा रहेको पनि सो प्रान्तका अधिकारीहरूले जनाएका छन् । हेबेई प्रान्तको जुन्हुआ सहरबाट र प्रकाशित एक सरकारी विज्ञप्ति अनुसार सो दुर्घटनामा संलग्न उद्धारकर्ताहरूले नौ व्यक्तिको उद्धार गरेका र अन्य आठको मृत्यु भएको पुष्टि भएको छ ।
यस घटनामा अन्य दुई व्यक्ति अझै पनि पसेर रहेका प्रकाशित विज्ञप्तिमा जनाइएको छ । उक्त दुर्घटनाबाट उद्धार गरिएका घाईतेलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ ।
तर ती घाइतेहरू हालको अवस्था भने अज्ञात रहेको पनि सो विज्ञप्तिमा जनाइएको छ । सो गोदामघर स्थानीय समयअनुसार बिहीबार अपरान्ह ३.४० बजे भत्किँएको जनाइएको छ ।
सो दुर्घटनाको उद्धार कार्य जारी रहनुका साथै दुर्घटनाको कारण अनुसन्धानरत रहेको बताइएको छ । रासस/सिन्ह्वा