इरानमाथि अमेरिकी आक्रमणलाई अष्ट्रेलियाको समर्थन

काठमाण्डु टुडे २०८२ असार ९ गते १२:२१ मा प्रकाशित

एजेन्सी– अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी एल्बनीजले इरानका आणविक केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणको समर्थन जनाएका छन । अष्ट्रेलियाको राजधानी क्यानबेरामा विदेशमन्त्री पेनी वङसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले अमेरिकी आक्रमणमा समर्थन जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जनाएका छन ।

एल्बनीजले सबै पक्षहरूलाई पुनः वार्ता सुरु गर्न आग्रह गरेका छन्। ‘हामी कुनै पनि किसिमको युद्ध वा ठूलो स्तरको द्वन्द्व चाहँदैनौं,’ उनले भने । उनले थप भने, ‘हामी निरन्तर संवाद र कूटनीतिक पहलको माग गरिरहेका छौं ।’

अष्ट्रेलियाका प्रधानमन्त्री एल्बनीजले क्षेत्रीय अस्थिरता निम्त्याउन सक्ने कुनै पनि कदम नचाल्न इरानलाई आग्रह समेत गरेको अन्तराष्ट्रिय सञ्चारमाध्म हरुले उल्लेख गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us