
काठमाण्डू, ९ असार– प्रहरीले धनगढीमा बन्द कोठमा मृत भेटिएकी युवतीको हत्या भएको हुन सक्ने अनुमान गरेको छ । धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरीको शव सडेको अवस्थामा भेटिएको थियो ।
उनी कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी हुन् । कोठा बालमा बस्दै आएकी चौधरी बाहिरबाट ताल्चा लगाएको कोठाभित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिएका छन ।
बाहिरबाट ताल लगाइएकोले उनको कसैले कर्तव्य गरेको हुनसक्ने प्रहरीको अनुमान छ । तालिम प्राप्त कुकुरको सहायतामा घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी सिंहले जानकारी दिए ।