रौतहटमा बस दुर्घटना हुँदा १० जना घाइते

काठमाण्डु टुडे २०८२ असार ९ गते १२:३० मा प्रकाशित

काठमाण्डू, ९ असार– रौतहटमा बस दुर्घटना हुँदा १० जना घाईते भएका छन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा बस दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

घाइतेहरुमध्ये ७ जना भारतीय नागरिक रहेको पनि प्रहरीले जानकारी दिएको छ । काठमाण्डूबाट महोत्तरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२१६ नम्बरको को आज बिहान साढे चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिएका छन ।

बस अनियन्त्रित भएर सडकबाट करिब ७ फिट तल खस्दा सात भारतीय नागरिकसहित १० जना घाइते भएको उनले जानकारी दिए । बसमा २५ जना बसमा सवार थिए । घाइते हुनेहरुमा भारत सितामढी जिल्ला बस्ने वर्ष ४४ की रेखा देवी, वर्ष २२ की जहदेवी झा, वर्ष ११ का बिसु कुमार पटेल, दरभंगा जिल्ला बस्ने वर्ष २६ का मोहमद अमज र मोहमद अकिल छन् ।

यस्तै वर्ष ३८ की नरगिस खातुन र वर्ष २ का आयस प्रतिक पनि घाइते भएको डिएसपी रायले जानकारी दिए । यस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– १ का २३ वर्षीय अनुष्का निगम, जनकपुरका ३५ वर्षीया सन्तोषी ठाकुर र महोतरी जलेश्वर नगरपालिका ४ की ४३ वर्षीय पुनम ठाकुर पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us