विद्यालयमा चक्कु हान्नेलाई मृत्युदण्ड

काठमाण्डु टुडे २०७० मंसिर २८ गते ११:४८ मा प्रकाशित

चीन, २८ मंसिर– मध्य चीनमा अवस्थित एक अदालतले एक प्राथमिक विद्यालयमा चक्कु आक्रमण गर्ने व्यक्तिलाई  शुक्रबार मृत्युदण्डको सजाय सुनाएको छ ।

ती व्यक्तिले गत डिसेम्बरमा हेनान प्रान्तको गुआङगसान जिल्लामा अवस्थित एक प्राथमिक विद्यालयका विद्यार्थीमाथि चक्कु प्रहार गरी २३ जना विद्यार्थीलाई घाइते बनाएका थिए ।  यस अघिनै यसै घटनाको सम्बन्धमा  जिन्याङ्ग नगरमा रहेको एक अदालतले ३६ वर्षीया मिन योङ्गजनलाई  मृत्यु दण्डको सजाय सुनाइसकेको छ ।

गत डिसेम्बर १४ का दिनमा मिनले चेन्पेङ्ग गाउँमा एक वृद्ध महिलाको हत्यागरी सकेपछि  विद्यालयमा आएर विद्यार्थीहरूमाथि आक्रमण गरेका थिए । प्रहरीले जारी राखेको अनुसन्धानको क्रममा उनलाई मानसिक सन्तुलन गुमाएको निष्कर्ष निकालेका थिए । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us