
भ्याटिकन, ३० मंसिर– पोप फ्रान्सिसले लगामविहीन पूँजीवादविरुद्ध कडा आलोचना गरेपछि त्यसको अमेरिकामा परम्परावादी टिप्पणीकर्ताहरूले कडा आलोचना गरेपछि उनले धेरै राम्रा माक्र्सवादीलाई चिने पनि आफू कम्युनिस्ट नभएको बताएका छन् ।
‘माक्र्सवादी विचारधारा गलत हो । तर मेरो जीवनमा मैले धेरै राम्रा माक्र्सवादी भेटेको छु र म आफू पीडित भएको ठान्दिन’, इटालीका दैनिक पत्रिका ला स्टाम्पामा आइतबार प्रकाशित एक अन्तर्वार्तामा यनले भनेका छन् ।
उनले वर्तमान विश्वव्यापी आर्थिक प्रणालीका कारण उत्पन्न भएको असमानताप्रतिको भत्र्सना विशेषज्ञको विश्लेषण नभइ क्याथोलिक चर्चको सामाजिक सिद्धान्तको पुनः उल्लेख भएको बताए । ‘यसको अर्थ माक्र्सवादी हुनु होइन’, उनले भने ।
पोपले गत महिना अस्वस्थ्य आर्थिक प्रणालीले मार्ने काम गर्ने र अनियमित पूँजीवाद नयाँ निरङ्कुशतन्त्र भएको धारणा प्रकाशन गरेका थिए र त्यसलाई अमेरिकी रेडियोकर्मी रस लिम्बगले ‘शुद्ध माक्र्सवादी’ धारणा भएको बताएका थिए ।
पोपले आफ्नै मुलुक अर्जेन्टिनामा अर्थतन्त्र निकै नराम्रोसँग भत्किएको देख्नुभएको थियो र उनको धारणालाई टी पार्टी आन्दोलन तथा फक्स न्युज टेलिभिजन च्यानलले कडा आलोचना गरेका थिए ।
फ्रान्सिस आफैं सुधारवादी परम्परावादी हुन् र उनी ल्याटिन अमेरिकामा बामपन्थीबाट अभिप्रेरित उदारवादी धार्मिक आन्दोलनका कडा आलोचक हुन् । रासस÷एएफपी