
दक्षिण अफ्रिका, ३० मंसिर– दक्षिण अफ्रिकी प्रथम काला राष्ट्रपति नेल्सन मन्डेलाप्रति राज्यले भावपूर्ण अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि तथा विद्यार्थीले उनका समानता तथा न्यायका आदर्शलाई पालना गर्ने दृढता व्यक्त गरेपछि आइतबार उहाँको पार्थिव शरीरलाई चिर विश्रान्तिका लागि समाधिस्थ गरिएको छ ।
मन्डेलाको शवदानलाई उनको बाल्यकालको घर अवस्थित कुनुमा रहेको पारिवारिक जमिनमा गाडियो र यस प्रक्रियालाई उनका विधुवा ग्रासा मासेल, पूर्व पत्नी विन्नी मादिकिजेला मन्डेला तथा उनका परिवारका अन्य सदस्यहरूले अवलोकन गरे । उक्त प्रक्रियामा करिब ४५० अन्य व्यक्तिहरूको पनि उपस्थिति थियो ।
उक्त प्रक्रियाभन्दा अगाडि राज्यले करिब दुई घण्टा लगाएर औपचारिक अन्त्येष्टि कार्यक्रम अयोजना गर्। कार्यक्रममा एएनसीका उपाध्यक्ष सिरिल रामाफोसाले मन्डेला दक्षिण अफ्रिकाका महान छोरा भएको बताए ।
उनको शव अन्त्येष्टिका लागि ल्याइँदा उनीप्रति २१ तोपको सलामी तथा पूर्ण सैनिक सम्मान व्यक्त गरियो । त्यहाँ करिब चार हजार पाँचसय अतिथिको उपस्थिति थियो ।
उनको शवदानको वरपर ९५ वटा मैनबत्ती बालिएको थियो । उक्त समारोहमा रङ्गभेद नीतिविरुद्ध मन्डेलाको सङ्घर्षमा सहयोगी जर्ज बिजोस, डेसमन्ड टुटु तथा अहमद काथ्राडा पनि उपस्थित थिए । रासस/एएफपी