अमेरिकी राष्ट्रपति र पूर्वराष्ट्रपतिको अफ्रिकामा ओइरो

काठमाण्डु टुडे २०७० मंसिर २५ गते ११:३७ मा प्रकाशित

जोहानेस्बर्ग, २५ मंसिर– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एवम् अस्वेत आन्दोलनका प्रमुख नेल्सन मण्डेलाको अन्त्येष्टिमा सहभागिताका लागि दक्षिण अफ्रिका पुगेका छन् ।

राष्ट्रपति ओबामा र अमेरिकी प्रथम महिला मिचेल मङ्गलबार दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा पुगेको जनाइएको छ । राष्ट्रपति ओबामाले मंगलबार उक्त प्रिटोरियाको विमानस्थलमा ओर्लिंदा हातमा छाता लिइरहेका थिए । सो दृश्य टेलिभिजनहरुले प्रस्तुत गरेका थिए ।

साथै राष्ट्रपति ओबामाका साथमा अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्लु बुस र उनका धर्मपत्नी लाउरा बुस पनि छन् । त्यसैगरी म.गलबारै सोही समारोहमा सहभागिताका लागि अमेरिकाका पूर्व राष्ट्रपतिद्वय बिल क्लिन्टन र जिम्मी कार्टर पनि त्यहाँ पुगिसकेका छन् ।

राष्ट्रपति ओबामा र क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रोले मङ्गलबारै सोएतो रङ्गलशालामा आयोजना गरिने मण्डेलाको श्रद्धाञ्जली सभामा भाषण दिने कार्यक्रम छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us