
सप्तरी, ८ असार– सप्तरीमा आइतबार दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
को१०प५६३ र बा५५प ६६३९ नम्बरको मोटरसाइकल आइतबार बिहान हनुमानगर कंकालिनी नगरपालिका–१ भलुवामा आपसमा ठोक्किएका थिए ।
सप्तरी प्रहरीका डिएसपी जितेन्द्रकुमार बस्नेतले दुर्घटनामा शम्भुननाथ नगरपालिका–११ राजपुरका १९ वर्षीय अविनाश मण्डल र कञ्चनरूप नगरपालिका–१ बैरवाका ३४ वर्षीय ओमप्रकाश पञ्जियारको मृत्यु भएको जानकारी दिए ।
उनीहरु दुवै मोटरसाइकल चालक हुन् । मण्डलको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र पञ्जियारको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आइतबार अपराह्न मृत्यु भएको प्रहरीले जनाएइको छ ।
मोटरसाइकल पछाडि बसेका कञ्चनरुप–१ का ३० वर्षीया सुभास महतो घाइते छन् ।