भारतीय राष्ट्रपति मण्डेलाको सम्मानमा दक्षिण अफ्रिका जाँदै

काठमाण्डु टुडे २०७० मंसिर २५ गते ११:३४ मा प्रकाशित

नयाँ दिल्ली, २५ मंसिर– भारतीय राष्ट्रपति प्रणव मुखर्जी दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एमव् अस्वेत आन्दोलनका अग्रणी नेल्सन मण्डेलाको अन्त्येष्टि समारोहमा सहभागी हुन सोमबार राति त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनीसँगै भारतीय सत्तारुढ दल भारतीय काँग्रेसकी नेत्री सोनिया गान्धी पनि सोही कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेको बताइएको छ । भारतीय राष्ट्रपतिको कार्यालयद्वारा मङ्गलबार जारी गरिएको विज्ञप्तिमा उनीहरु सोमबार राति दक्षिण अफ्रिकातर्फ लागेका छन् ।

‘म र मेरो प्रतिनिधिमण्डल दक्षिण अफ्रिकी नागरिकमा परेको शोकको यस घडीमा भारतीय नागरिक र भारतका तर्फबाट समवेदना प्रकट गर्नका लागि दक्षिण अफ्रिका लाग्दैछौं’, भारतीय राष्ट्रपति मुखर्जीका तर्फबाट मंगलबार जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

उक्त प्रतिनिधिमण्डलमा भारतीय संसदमा विपक्षी दलका नेता र केही मन्त्रीपनि रहेका छन् । भारतले पाँचदिनसम्म राष्ट्रिय शोकको पनि घोषणा गरेको छ । विश्वप्रसिद्ध प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको गत बिहीबार निधन भएको हो । उनको अन्त्येष्टि समारोहमा विश्वका विभिन्न देशका राजनीतिक दलका नेता, राष्ट्राध्यक्ष र सरकारप्रमुखको सहभागिता हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us