अर्थ

सौराहामा लगानी थपिँदै

२०७० फागुन १६ गते ११:११

चितवन, १६ फागुन – चितवनको सौराहा क्षेत्रमा लगानी बढ्दै गएको छ । शान्ति सुरक्षामा सुधार आएकाले विषेशगरी व्यवसायीले होटलमा करोडौंको लगानी गर्न थालेका छन् । १० करोड बढीको लागतमा क्यासिनोसहितको होटल खुलेको दुई महिना नबित्दै करिब १५ करोडको लागतमा सौराहाको बाघमारामा अर्को एउटा सुविधायुक्त...

सुन तस्करीको यस्तो काइदा, दैनिक सय केजी सुन तस्करी

२०७० फागुन १५ गते १३:२७

सिन्धुपाल्चोक, १५ फागुन– प्रहरीले सुन तस्करीविरुद्ध विशेष सक्रियता बढाएपछि तस्करहरुले नयाँनयाँ तरिक अपनाउन थालेका छन् । प्रहरीले बुधबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट प्लाष्टिकको झोलामा राखेर तीब्बतबाट नेपाल हुँदै भारत लान लागिएको १० किलोग्राम अवैध सुनसहित तीन जनालाई पक्रेको छ । प्रहरीले विषेश सूचनाका आभारमा दुई चिनियाँ...

शिवरात्रीमा डेढ करोडको उखु बिक्री

२०७० फागुन १५ गते ११:२२

पोखरा, १५ फागुन – महाशिवरात्रीको अवसरमा विहीबार पोखरामा डेढ करोड मूल्य बराबरको उखुको बिक्री भएको छ । साँझ धुनी लगाउँदा उखु आगोमा पड्काउने परम्पराअनुरूप पोखराका उपभोक्ताले सो मूल्य बराबरको उखु खरिद बिक्री भएको व्यापारी बताउँछन् । पोखराको शान्ति वनवाटिकास्थित तरकारी बजार, पृथ्वीचोकको हङ्कङ र...

अठ्तीस प्रतिशतभन्दा बढी खाद्यान्न आपूर्ति

२०७० फागुन १५ गते ११:१७

वीरगन्ज, १५ फागुन – जिल्लामा चाहिने आवश्यक खाद्यान्नभन्दा पर्सामा झन्डै ३८ प्रतिशतभन्दा बढी खाद्य आपूर्ति गर्दै आएको छ । जिल्लामा कुल एक लाख ९६ हजार १४६ मेट्रिक टन उपभोग्य खाद्यान्नमध्ये ७३ हजार ६३८ मेट्रिक टन खाद्यान्नमात्र आवश्यक पर्दछ । बाँकी एक लाख २२ हजार...

साझाको आम्दानी तीन करोड ६० लाख

२०७० फागुन १४ गते १०:५८

ललितपुर, १४ फागुन – सञ्चालनको एक वर्ष बित्नै लाग्दा साझा यातायातले यात्रुबाट तीन करोड ६० लाख २५ हजार ६०० आम्दानी गरेको छ । विभिन्न कारण २०६४ सालको जेठदेखि साझाका सबै सेवा बन्द भएका थिए । पछिल्लो पटक २०७० वैशाख १ गतेदेखि पुनः सञ्चालनमा आएको...

विद्युत कटौती कार्ययोजना ल्याउन मन्त्रीको निर्देशन

२०७० फागुन १४ गते ९:३२

काठमाण्डु, १४ फागुन – मुलुकमा जारी ऊर्जा सङ्कट समाधान गर्नका लागि कुनै पनि कसर बाँकी नराख्न र जनतालाई राहत प्रदान गर्न पूर्ण प्रतिबद्ध भएर आफ्नो कर्तव्य निर्वाह गर्न ऊर्जामन्त्री राधा ज्ञवालीले निर्देशन दिएकी छिन् । मन्त्रालयमा बुधबार पदबहाली गरेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

गोलभेँडाखेतीतर्फ तनहुँका कृषकको आकर्षण बढ्दो

२०७० फागुन १३ गते ११:१३

तनहुँ, १३ फागुन – तनहुँ जिल्लामा टनेल (प्लास्टिक घर) बनाएर गोलभेँडाखेती गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । जिल्ला कृषि विकास कार्यालय तनहुँले दिएको जानकारीअनुसार तनहुँको ७२ किलोमिटरभित्र पर्ने पृथ्वीराजमार्ग आसपासका स्थानमा टनेल बनाएर व्यावसायिक रूपमा गोलभेँडाखेती गर्नेको सङ्ख्या बढेको हो । जिल्लामा...

बढ्दो व्यापार घाटा कम गर्न सरकारी कार्यदल

२०७० फागुन १३ गते ११:०९

काठमाण्डु, १३ फागुन – सरकारले बढ्दो व्यापार घाटालाई कम गर्नका लागि अधिकार सम्पन्न कार्यदल स्थापना गर्ने भएको छ । बढ्दो आयातलाई न्यूनीकरण र निर्यातलाई वृद्धि गर्नका लागि विशेष कार्यदल गठनको तयारी थालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कार्यदल गठनका लागि...

धौलागिरिका ४९ सहकारी कारबाहीमा

२०७० फागुन १३ गते ११:०६

म्याग्दी, १३ फागुन – सहकारी डिभिजन कार्यालय बागलुङले यस वर्ष धौलागिरि अञ्चलका ४९ सहकारी संस्थालाई कारबाहीको तयारी गरेको छ । नियमित विवरण नबुझाएको र सञ्चालन अवस्थाको बारेमा जानकारी नगराएका सहकारी संस्थालाई कारबाहीका लागि प्रक्रिया सुरु गरेको कार्यालयले जनाएको छ । म्याग्दीका छ, बागलुङका १७,...

भन्सार मूल्याङ्कन मापदण्ड भएन

२०७० फागुन १२ गते १२:३५

विराटनगर, १२ फागुन – विराटनगर भन्सार कार्यालय रानीले आयातित वस्तुको भन्सार मूल्याङ्कन व्यावहारिक र मापदण्डअनुसार नगरेका कारण उद्योगी व्यवसायी तथा भन्सार एजेन्ट समस्यामा परेका छन् । भारतलगायत तेस्रो मुलुकबाट कृषिजन्य वस्तु, खाद्यान्न, लत्ताकपडा, जुत्ता चप्पल, विद्युतीय सामग्री, मोटर पार्टस, खाद्य वस्तु, स्टेसनरीलगायतका वस्तु आयात...

एलिगेन्स पावरलाई सौर्य ऊर्जा सर्वेक्षणको अनुमति

२०७० फागुन १२ गते १०:१९

काठमाण्डु, १२ फागुन – सरकारले मुलुकमा बढ्दो ऊर्जा सङ्कटलाई ध्यान दिँदै पछिल्लो पटक सौर्य ऊर्जा उत्पादन गर्न चाहने प्रवद्र्धकलाई सर्वेक्षणको अनुमति प्रदान गर्ने कामलाई तीव्र पारेको छ । विद्युत् विकास विभागले पछिल्लो पटक पाँच मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि एलिगेन्स पावर इन्ड्रस्टिज प्रालिलाई...

आर्थिक शिखर सम्मेलन काठमाडौंमा

२०७० फागुन १२ गते ३:४७

काठमाण्डु, १२ फागुन –नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज पहिलो पटक आर्थिक शिखर सम्मेलन काठमाडौंमा हुंदै छ । सम्मेलनमा तीब्र गतिमा आर्थिक विकास हासिल गरेका मुलुकका प्रतिनिधिको सहभागिता रहने र विकासको मोडलबारे बृहत छलफल हुने महासंघले जनाएको छ । सम्मेलनमा नेपालले कुन विकास मोडेल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us