प्रेमिकासँग विवाह गराइदेऊ भन्दै युवक चढे टेलिकमको टावर

काठमाण्डु टुडे २०८३ साउन ३ गते १५:१४ मा प्रकाशित

काठमाण्डू, ३ साउन– सर्लाहीमा प्रेमिकासँग विवाह गराइदिन माग गर्दै एक युवक नेपाल टेलिकमको टावरमा चढेका छन ।

आज (आइतबार) बिहान ५ः४५ बजे २५ वर्षीय युवक मलंगवामा रहेको नेपाल टेलिकमको टावरमा चढेका हुन । सर्लाहीका गोडैता नगरपालिका–९ का उनले आफ्नी प्रेमिकासँग विवाह गराइदिन माग गर्दै टावर चढेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्स्पेक्टर गणेश पाण्डेले जानकारी दिएका छन ।

ती युवकको नाम समेत प्रहरीले गोप्य राखेको छ। प्रहरीले सम्झाइबुझाइ ती युवकलाई साढे ८ बजेतिर टावरबाट झारेको हो । अहिले उनलाई उपचारका लागि अस्पताल तर्फ लगिएको समेत प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us