ठगलाई उन्मुक्ति दिन महासंघ अध्यक्ष पाण्डेको उर्दी

काठमाण्डु टुडे २०७१ वैशाख २७ गते ११:४२ मा प्रकाशित

कावासोती, २७ वैशाख– उखुको तौलमा ठगी गरेको अभियोग लागेका लुम्बिनी चिनी कारखानाका सञ्चालक मनिष अग्रवाललाई नपक्रन प्रहरीमा दबाब परेको खुलासा भएको pradip jang pandeyछ ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्षको दबाबमा अग्रवाललाई प्रहरीले पक्राउ गर्न सकेको छैन । अग्रवाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्यसमेत रहेकाले महासंघले उनलाई नपक्रन प्रहरीलाई दबाब दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका उपरीक्षक विष्णुहरि गौतमले भने अग्रवाल फरार रहेकाले पक्राउ गर्न नसकिएको बताए ।

काठमाण्डुमा रहेका अग्रवाललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय काठमाण्डुमा पत्राचार गरिएको छ । ठगी अभियोगमा मुद्दा चलाइएपछि महाप्रबन्धक बाबुलाल अग्रवाललाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो ।
किसानले ल्याएको उखुको कम तौल देखाएर ठगी गरेको भन्ने उपभोक्ता हित संरक्षण मञ्चले उजुरी दिएपछि दुई महिनाअघि उद्योग मन्त्रालयले छानबिन टोली पठाएको थियो । नेपाल गुणस्तर तथा नापतौल विभागका वरिष्ठ निरीक्षकको संयोजकत्वको पाँच सदस्यीय समितिले अनुसन्धानमा उद्योगले रु ३१ लाख ९४ हजार ८०० किसानको उखु तौलमा ठगी गरेको प्रतिवेदन तयार पारेर सरकारलाई बुझाइ सकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us