अर्थ

नेपाल र चीनबीच जहाज खरिद सम्झौता

२०७० मंसिर १३ गते ६:०५

काठमाण्डु, १३ मंसिर–नेपाल र चीन सरकारबीच जहाज खरिद सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुईवटा जहाज अनुदानमा र चारवटा ऋणबाट नेपाल ल्याउने सम्झौता भएको हो । अर्थमन्त्रालयमा भएको कार्यक्रममा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदी र नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले सम्झौता पत्रमा हस्ताक्षर गरेका...

चिनी मिल सञ्चालन नहुँदा उखु क्रसरमा

२०७० मंसिर १३ गते १:२०

चन्द्रनिगाहपुर १३ मङ्सिर–रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल सञ्चालनमा ढिलाइ भएपछि उखु किसानले क्रसर उद्योगमा उखु बिक्री गर्न थालेका छन् । उखु काटेर अन्य बाली लगाउन ढिलो भइसकेको भन्दै किसानले क्रसर उद्योगमा उखु बेच्न थालेका हुन् । चिनी मिलले भन्दा कम रकम दिने भए...

औद्योगिक ऐन ल्याउने सरकारको तयारी

२०७० मंसिर १३ गते १:१७

काठमाण्डु,१३ मङ्सिर–सरकारले औद्योगिक नीति कार्यान्वयनका लागि औद्योगिक व्यवसाय ऐन ल्याउन लागेको छ । नेपाल हस्तकला महासङ्घको आयोजनामामा बुधवारदेखि सुरु भएको ११ औं हस्तकला मेला तथा नवौंँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनीको उद्घाटन गर्दै उद्योग सचिव कृष्ण ज्ञवालीले नीति निर्माण भएको साढे तीन वर्षसम्म पनि नीति कार्यान्वयन...

भारु अभाव टर्दै

२०७० मंसिर १२ गते ११:३६

विराटनगर, १२ मंसिर– संविधानसभाको निर्वाचन सम्पन्न पश्चात विराटनगरलगायत पूर्वाञ्चल क्षेत्रमा भारतीय रुपैयाँको अभाव हटेको छ । केही महिना अघिसम्म यस क्षेत्रका उद्योगी, व्यापारी तथा सर्वसाधारणले भारतीय रुपैयाँ सटही गर्दा भारु १ सय साट्दा ६ रुपैयाँदेखि सातसम्म बढी दिनु पर्दथ्यो । भारतमा रहेका नेपाली संविधानसभा...

६ जना करदाता सम्मानित

२०७० मंसिर १२ गते ११:३२

झापा, १२ मंसिर– आन्तरिक राजस्व कार्यालयले सबैभन्दा बढी राजस्व तिर्ने मेची अञ्चलका ६ जना करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले झापाका तीन जना र पहाडी जिल्लाका तीन जना गरी ६ जना करदातालाई भद्रपुरमा आयोजित कार्यक्रममा प्रमाणपत्रसहित सम्मान गरेका हुन् । सम्मानित हुने...

दुई करोडको भारतीय आलु

२०७० मंसिर १२ गते ११:२९

धनुषा, १२ मंसिर– सरकारले किसानलाई आलुको बीउ उपलब्ध नगराउँदा यहाँका व्यापारी भारतीय आलुको बीउ आयात गरी करिब रु दुई करोड बराबरको कारोबार गरेको छ । सरकारले किसानलाई अनुदानको आलुको बीउ उपलब्ध नगराएकाले यहाँका व्यापारीले किसानको मागलाई ध्यानमा राखी भारतबाट आलुको बीउ आयात गरी बिक्री...

८२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेन

२०७० मंसिर १२ गते ३:२३

खजुरा, १२ मंसिर । मध्यपश्चिमाञ्चलका १५ जिल्लामा ८२ हजार हेक्टर सिँचाइ योग्य जमिनमा अझैसम्म सिँचाइ सुविधा पुग्न सकेको छैन । सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेकाले आवश्यकता अनुसारको उब्जनी हुन नसकेको कृषकको गुनासो छ । मध्यपश्चिमाञ्चाल क्षेत्रको दुई लाख २३...

काठमाण्डुमा हस्तकला व्यापार मेला

२०७० मंसिर १२ गते २:४६

काठमाण्डु, १२ मंसिर– हस्तकला व्यवसायको प्रवर्द्धन गर्न ‘एघारौं हस्तकला व्यापार मेला तथा नवौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी’ बुधबारबाट काठमाण्डुमा शुरु हुदै छ । नेपाली कला र सँस्कृतिको जगेर्नासँगै विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण भूमिका खेल्दै आएको हस्तकला व्यवसायको प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गरिएको आयोजक नेपाल हस्तकला...

त्रिशूलीमा अन्तराष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता

२०७० मंसिर ११ गते ११:४०

काठमाण्डु, १२ मंसिर–नेपाललाई साहसिक र जलयात्रा पर्यटनको उत्कृष्ट गन्तव्यस्थलका रुपमा प्रवर्द्धन गराउनका लागि बुधबारदेखि त्रिशूली नदीको फिस्लिङमा अन्तराष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता आयोजना गरिने भएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्टस (नारा)ले ‘१२औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ नामक चारदिने प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा...

आर्थिक प्रणाली लिकमा ल्याएको अर्थमन्त्रीको दावी

२०७० मंसिर ११ गते ११:३७

झापा, ११ मंसिर– अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले वर्तमान सरकारले मुलुकको सङ्क्रमणकालको अन्त्य गरी राजनीतिक र आर्थिक प्रणालीलाई लिकमा ल्याउन सफल भएको दावी गरेका छन् । उनले राष्ट्रको बजेटको रकम आन्तरिक स्रोतको करबाट सङ्कलन गर्ने सोचाइ रहेको र यसका लागि दीर्घकालीन व्यवसाय, उद्योग, कोरोबार तथा उत्पादनमूलक...

भैँसीको समेत तस्करी

२०७० मंसिर ११ गते १०:४५

अर्घाखाँची, ११ मंसिर– जिल्लाबाट हुने अवैध भैँसी तथा पाडी  निर्यातमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले स्थानीय जातको भैँसी जिल्ला बाहिर पठाउन रोक लागाएको छ । व्यापक मात्रामा भैँसीको निर्यात बढ्दै जान थालेपछि जिल्लामा भैँसीको लोप हुने अवस्था सिर्जना भएको...

अनुदानको बीउमा पनि कालो बजारी

२०७० मंसिर १० गते ११:२९

जनकपुरधाम, १० मंसिर । किसानलाई सरकारले उपलब्ध गराएको अनुदानको गहुँको बीउमा थोक बिक्रेताले कालो बजारी गरी बढी मूल्यमा बिक्री गरेको पाइएको छ । विशेष बाली उत्पादन कार्यक्रमअन्तर्गत सरकारले किसानलाई ३५ प्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराउँदै आएपनि धनुषाका अधिकृत बिक्रेताले कालो बजारी गरेको जिल्ला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us