बाँके, ४ फागुन– बाँके जिल्लामा भारतीय मलको तस्करी बढेको छ । सरकारी अनुदानको मलभन्दा भारतीय बजारमा आधा सस्तोमा पाउन थालेपछि जिल्लामा भारतीय मलको तस्करी बढेको हो । कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानमा दिने मलभन्दा दोब्बर सस्तोमा पाइने भएपछि कृषक र व्यापारीले अवैध बाटो हुँदै...
वीरगन्ज, ३ फागुन– कृषि औजार अनुसन्धान केन्द्र वीरगन्जले ट्याक्टरबाट सञ्चालित मकै रोप्ने मेसिन ‘ज्याबसिडर’ को पहिलो पटक परीक्षण तथा प्रदर्शन गरेको छ । नेपालको खेती प्रणालीमा सुहाउँदो र कम लागतमा मकैको उत्पादन र उत्पादकत्व बढाउने खालको उक्त मेसिन पहिलोपटक नेपाल भित्रिएको केन्द्रको दाबी छ...
काठमाण्डु, ३ फागुन – नेपाललाई एक सुरक्षित र भरपर्दो पर्यटन गन्तव्यको रुपमा प्रवर्द्धधन गर्नका लागि शनिबार बिहान नेपाल पर्यटन बोर्ड र ¥याडिसन होटलको संयुक्त आयोजनामा पदयात्रा (वाकाथन) कार्यक्रम गरियो । र्याडिसन होटलबाट सुरु भएको र्याली सहरका विभिन्न पर्यटकीयस्थलको परिक्रमा गरी पुनः सोही होटलमा पुगेर समापन...
गौशाला, ३ फागुन – महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्दै आएका करिब ९०० जनालाई अब बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बाँड्ने भएको छ । सो कार्यालयलले जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित प्रभु विकास बैंकमार्फत नगर क्षेत्रमा सामाजिक सुरक्षा बाँड्ने भएको जलेश्वर नगरपालिका कार्यालयका कार्यकारी...
काठमाण्डु, २ फागुन– नेपाली बजारमा छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा शुक्रबार प्रतितोला ६ सयले बढेर ५५ हजार ८ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा वृद्धि भएका कारण स्थानीय बजारमा पनि मूल्य बढेको हो । बजारमा प्रतिऔँस सुनको मूल्य...
कञ्चनपुर, २ फागुन – कञ्चनपुरको बाल अनाथालयमा आर्थिक सङ्कट उत्पन्न भएको छ । कञ्चनपुरको भीमदनगरपालिका–४ महेन्द्रनगरमा रहेको महाकाली बाल अनाथालयमा सरकारले अनुदान कटौती गरेपछि समस्या उत्पन्न भएको हो । आर्थिक अभावका कारण अनाथालयमा बस्ने बालबालिका लागि बिहान–बेलुका राम्ररी खान नपाउने अवस्थामा पुगेको अनाथालय सञ्चालन...
विराटनगर, २ फागुन । सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरले यस वर्ष किसानलाई सिँचाइ सुविधा दिएबापत १२ लाखभन्दा बढी पानीपोत सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७०/७१ मा उठेको रु १२ लाखमध्ये २० प्रतिशत नेपाल सरकारको राजस्वमा जम्मा हुने र पानीपोत उठाउने जल उपभोक्ता समितिले...
वीरगन्ज, १ फागुन– माछा उत्पादनमा आत्मनिर्भर बन्ने र यसको उत्पादनबाट किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले उन्नत माछा उत्पादन विषयक तीनदिने जिल्लास्तरीय तालिम सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय पर्साद्वारा आयोजित उक्त तालिममा यहाँका २२ जना मत्स्य उत्पादनमा संलग्न कृषकको सहभागिता रहेको...
बर्दिवास, १ फागुन– महोत्तरीमा पशुपालन व्यवसाय सङ्कटमा परेको छ । वर्षौंदेखि पशुपालन व्यवसाय निकै फस्टाएकाले जिल्लामा पछिल्लो एक दशकयता चरण क्षेत्र मासिँदै जाँदा यो व्यवसाय सङ्कटमा परेको पशुपालक किसानले बताएका हुन् । जिल्लामा पशुपालन व्यवसायका लागि उपयुक्त ठानिएका भङ्गाहा, हतिसर्वा, सिङ्ग्याही, बगडा, किसाननगर, पशुपतिनगर,...
वीरगन्ज, १ फागुन । यदि तपाईं मजदुर अभावका कारण समयमा उखुखेती गर्न सकिराख्नुभएको छैन भने पनि अब चिन्तित हुनुपर्दैन् । यसका लागि कृषि औजार अनुसन्धान केन्द्र वीरगन्जले ट्र्याक्टरबाट सञ्चालित उखु रोप्ने मेसिन नेपाल भित्र्याइएको छ । कम लागतमा उखुको उत्पादन र उत्पादकत्व बढाउने खालको...
कालीकोट, २९ माघ– कालीकोट जिल्लाको एकमात्र राष्ट्रिय वाणिज्य बैंकमा कर्जाका लागि धरौटीमा राखिएको सुन फिर्ता नपाउँदा ऋणी दोहोरो मारमा परेका छन् । व्यापार व्यवसाय गर्नका लागि सुन बन्धकी राखेर बैंकबाट पैसा निकालेका ऋणीले पैसा फिर्ता गर्न खोज्दा बैंकले सुन नदिएपछि उनीहरूले खाली ब्याज तिर्नु...
कीर्तिपुर, २९ माघ– कीर्तिपुर र यस आसपासका क्षेत्रमा कौसी तरकारीखेतीतर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । बढ्दो बस्तीको क्रमसँगै तरकारीखेतीका लागि जग्गाको अभाव हुने गरेको अहिलेको अवस्थामा कतिपयले आफ्नो शौखका रूपमा पनि कौसी तरकारीखेती गर्न थालेका छन् । तरकारीखेतीका लागि जग्गा नभएको अवस्थामा घरको...