पर्यटन बोर्डका निरौलालाई काम गर्न दिन सर्वोच्चको आदेश

काठमाण्डु टुडे २०७१ वैशाख २९ गते १२:२१ मा प्रकाशित

काठमाण्डु, २९ वैशाख–सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका कायम मुकामय प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ subas niraula
प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्यायाधीश गिरीशचन्द्र लालको संयुक्त इजलासले निरौलालाई काम गर्न दिन सोमबार आदेश दिएको हो । आदेशमा विपक्षीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।

पर्यटन व्यवसायी र बोर्डकै कर्मचारीले भ्रष्टाचार गरेकाले निरौलाको बर्खास्तीको माग गर्दै तालाबन्दीसहित कार्यालयको कामकाज ठप्प पार्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us