मन्त्री निधि भन्छन् – ‘वर्षातसँगै बजेटको खोलो बगाउने परिपाटी कायम छ ’

काठमाण्डु टुडे २०७१ वैशाख २९ गते ८:१७ मा प्रकाशित

चितवन, २९ वैशाख – भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले वर्षात्को समयमा निर्माणका काम गरेर बजेट सक्ने परिपाटीको अन्त्य गरिने बताएका छन् । आर्थिक बर्षकोे अन्त्यतिर जसरी पनि बजेट सिध्याउने नाममा बर्षे भेलजस्तै बजेटको खोलो बगाउने दुष्कार्यको अन्त्य गरेर छाड्ने घोषणा गरेका छन् ।

bimalendra nidhiनेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पस एकाइ भरतपुरले आज क्याम्पस परिसरमा आयोजना गरेको ‘वर्तमान अवस्थामा युवा विद्यार्थीको भूमिका’ विषयको विचार गोष्ठीमा मन्त्री निधिले एक वर्षभित्र संविधान निर्माण गर्ने वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको र तोकिएको समयमा संविधान निर्माण गर्न सबैको सहयोगको खा“चो औंल्याए ।

मन्त्री निधिले समयमै विकास निर्माणका काम गर्न मातहतका कार्यालयमा निर्देशन दिइएको पनि बताए । एक प्रसङ्गमा मन्त्री निधिले भने, “लोकतन्त्रको सामुन्ने अरु कुनै तन्त्र टिक्नेवाला छैन ।” नेवि सङ्घका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका मन्त्री निधिले अब देश विकास र निर्माणको जिम्मा युवा विद्यार्थीको का“धमा रहेकाले देश विकासका लागि तयार रहन युवालाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us