अवैध अमेरिकी डलरसहित तीन चिनियाँ पक्राउ

काठमाण्डु टुडे २०७१ वैशाख २७ गते १४:५२ मा प्रकाशित

सिन्धुपाल्चोक, २७ वैशाख– सिन्धुपाल्चोकको बनदेउबाट पाँच हजार अमेरिकी डलरसहित तीन चिनियाँ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झाङ होङलियाङ, हुयाङ लिङ र यू चेङ नाम गरेका चिनियाँ महिला रहेको प्रहरीले जनाएको छ । काठमाण्डुबाट तातोपानीतर्फ जाँदै गरेको बा.१ च ४१९ नम्बरको कारमा सवार उनीहरुलाई चेकजाँचका क्रममा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि अनुसन्धान थालिएको बताइएको छ  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us