कामु कार्यकारी अधिकृत सुबास निरौला काममा फर्कन सकेनन्

काठमाण्डु टुडे २०७१ वैशाख ३० गते ७:५५ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख – पर्यटन व्यवसायीले आफ्नो आन्दोलन मङ्गलबारदेखि अझै सशक्त बनाएका छन् ।

आफ्ना मागहरुको संवोधन नभएको भन्दै सोमबार व्यवसायीले श्वेतपत्र जारी गरेका थिए । सोमबार नै सर्वोच्च अदालतले कामु कार्यकारी अधिकृत सुबास निरौलालाई काममा फर्कन दिन व्यवसायीको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

निरौला आजदेखि काममा फर्कने संभावना देखिएकाले बोर्डको मुख्य गेटमा बिहानैदेखि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।
बिहान व्यवसायीलाई माथिको आदेश भन्दै सुरक्षाकर्मीले भित्र पस्न दिएका थिएनन् । हामी शान्तीपूर्ण आन्दोलन गर्न आएका हौं । हामीलाई सहयोग गर्नोस भन्ने आग्रहलाई स्विकार गर्दै सुरक्षाकर्मीले बाटो छोडेको एक व्यवसायीले बताए ।

संयुक्त पर्यटन समन्वय समितिले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउन बोर्डमा बढी भन्दा बढी व्यवसायीहरु उतार्ने कसरत गरिरहेको छ । अहिले व्यवसायीले बोर्डको पूर्वी भागमा बसेर आन्दोलन गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us