
काठमाण्डु, ३१ वैशाख–नेपालीहरूको वैदेशिक रोजगारीमा जाने सङ्ख्यामा वृद्धिसँगै विदेशिएका नेपाली कामदारको ति मुलुकमा मृत्युको सङ्ख्या पनि बढ्न थालेको छ ।
गएको वर्ष नेपालबाट रोजगारीमा गएका ८६४ जनाको मृत्यु विदेशमा भएको छ ।
विक्रम संवत २०७० सालमा वैशाखदेखि चैत मसान्तसम्ममा मृत्यु हुनेमध्ये ८ सय ४५ जना पुरुष र १९ जना महिला छन् । योबाहेक पनि ठूलो सङ्ख्यामा अवैधानिकरुपमा विदेशिएका नेपालीहरूको मृत्यु हुने गरे पनि त्यसको तथ्याङ्क नेपाल सरकारसँग छैन ।
भारत हुँदै तेस्रो मुलुक भएर अवैधानिक रुपमा विदेशिएका नेपालीहरूको मृत्यु भए पनि उनीहरू अवैधानिकरुपमा गएकाले उनीहरूको शव ल्याउन समेत अप्ठयारो पर्ने गरेको छ ।
त्यस्तै भारतमा बर्सेनि सयौं नेपाली कामदारको मृत्यु हुने गरेको अनुमान गरिएको छ, जसको तथ्याङ्क पनि सरकारसँग छैन ।
वैदेशिक रोजगार प्रवद्धन बोर्डका निर्देशक टीकाप्रसाद भण्डारीले खुला सीमाका कारण भारतमा गएर काम गर्दा मृत्यु हुने नेपाली कामदार र भारत हुँदै अवैधानिकरुपमा तेस्रो मुलुकमा पुगी मृत्यु भएका नेपाली कामदारको स्पष्ट तथ्याङ्क नभएको बताउँछन् ।
उहााले भारत बाहेकका तेस्रो मुलुकमा वैधानिकरुपमा गएका कामदारको मात्रै तथ्याङ्क बोर्डले राख्ने गरेको जानकारी दिए ।
तथ्याङ्कअनुसार औसतमा प्रतिमहिना ७२ जना वैदेशिक रोजगारीमा मृत्यु हुने गरेको छ । जसमा रोजगारीबाहेक पढ्न र अन्य कार्यको क्रममा विदेशमा मृत्यु भएका नेपालीहरू समावेश गरिएको छैन ।
वैदेशिक रोजगार प्रवद्धन बोर्डका अनुसार गएको वर्ष सबैभन्दा बढी मलेसियामा २९९ जनाको मृत्यु भएको छ । त्यस्तै साउदी अरबमा २३३ , कतारमा १८४, युयई (दुवई)मा ५८ जना, कुवेतमा ४४ जनाको मृत्यु भएको छ ।
दक्षिण कोरीयामा १४ जना, ओमनमा १३, बहराइनमा सात जना, अफगानिस्तानमा दुईजना, जापानमा दुई, जर्मनी, इजरायल, माल्दिभ्स, रसिया, श्रीलङ्कामा, अमेरिका र पपुवान्यूगीनीमा एक/एक जना नेपाली कामदारको मृत्यु भएको छ ।
बोर्डले वैदेशिक रोजगारीमा गएकाको मृत्यु भएमा रु एक लाख पचास हजारसम्म क्षतिपूर्ति दिने गरेको छ । गएको वर्ष बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाको परिवारलाई क्षतिपूर्तिस्वरुप रु ११ करोड ८७ लाख ८५ हजार प्रदान गरेको छ ।
गत वर्ष चार लाख ९२ हजार ५३२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये चार लाख ६१ हजार ७६९ जना पुरुष र ३० हजार ७६३ जना महिला छन् ।
क्षतिपूर्तिबाट बञ्चित मृतकका परिवार
अधिकांश युवाहरू १८ वर्ष पुग्ने वित्तिकै पासपोर्ट बनाई विदेशिने लहर गाउँघरमा चल्न थालेको छ । विदेशिने प्रवृत्ति फेशनको रुपमा नेपाली समाजमा मौलाउादै जाादा त्यसले समाजमा गम्भीर प्रकारका समस्याहरू पनि आउन थालेको छ ।
राम्रो कमाई गरी घर परिवारलाई राहत दिने उद्देश्यसहित विदेशिएका युवाहरूको ठूलो सङ्ख्यामा कमाईको साटो नेपालमा शव मात्रै फर्कने गरेको छ । मृत्युको कारण नखुल्ने तर शव आउने क्रम बढ्दै जाँदा यसलाई नियन्त्रण गर्न ठोस पहल गर्नुपर्ने अवस्था आएको छ ।
वैदेशिक रोजगार प्रवद्धन बोर्डका अनुसार सुतिरहेको अवस्था (कार्डिक आर्टिस) का कारण १४१ जना, प्राकृतिक मृत्युका कारण १३१ जना, सडक दुर्घटनाका कारण १२० जना, आत्महत्याका कारण ८४ जना, हृदयघातका कारण ६१ जना, कार्यक्षेत्रमा काम गर्दै गर्दा ५६ जना , हत्याका कारण एक जनाको मृत्यु भएको छ ।
बोर्डले दिएको सो तथ्याङ्क रोजगारदाताले पठाएको विवरणका आधारमा तयार पारिएको हो । यथार्थतामा भने अधिकांश कामदारहरूको मृत्यु कामको सिलसिलामै हुने गरेको छ ।
सडक दुर्घटनाका कारण मृत्यु भएका र कार्यक्षेत्रमा काम गर्दै गर्दा मृत्यु भएका कामदारले मात्रै रोजगारदाता र त्यहाँको सरकारबाट क्षतिपूर्ति पाउने प्रावधान छ ।
गत वर्षको आाकडा हेर्ने हो भने सडक दुर्घटनामा मृत्यु भएका १२० जना र कार्यक्षेत्रमा काम गर्दै गर्दा मृत्यु भएका ५६ जना गरी जम्मा १७६ जनाले मात्रै रोजगारदाता कम्पनीबाट क्षतिपूर्ति पाएका थिए भने बााकी ६६८ जना क्षतिपूर्ति पाउनबाट बञ्चित भएका थिए ।
वैदेशिक कामदारको रुपमा दुवईमा लामो समय काम गर्नुभएका रमेश गिरी कार्यक्षेत्रमा काम गर्दा गर्दै धेरै कामदारहरूको मृत्यु हुने गरेपनि रोजगारदाताले क्षतिपूर्ति दिनबाट बच्न मृत्युको अन्य विभिन्न कारण देखाउने गरेको बताउनुहुन्छ ।
वैदेशिक रोजगारीमा जाने अधिंकाश नेपालीहरू ठूला–ठूला घर बनाउादा भारी बोक्ने, अग्ला ताडीको रुखमा गएर ताडी काट्ने, उद्योगहरूमा गह्रुँगां बस्तु बोक्ने, निकै गर्मी वातावरणमा अनकन्टार क्षेत्रमा गएर भोडा चराउने जस्ता जोखिमपूर्ण काम गर्ने गरेका छन् ।
त्यसरी काम गर्दा मृत्यु भएकालाई रोजगारदाता सङ्स्थाले रक्सी खाएर मृत्यु भएको, प्राकृतिक रुपमै मृत्यु भएको जस्तो बहाना बनाएर सोहीअनुरुपको मेडिकल रिपोर्ट तयार गर्ने गरेको कामदार गिरीले अनुभव सुनाउनुभयो ।
मृत्यु भएको कामदारको पक्षमा बोलिदिने कोही नहुादा र प्रहरीमा उजुरी हाल्ने पनि कोही नहुने भएकाले रोजगारदाता संस्थाले मृत्युको अन्य कारण देखाएर क्षतिपूर्ति दिने आफ्नो दायित्वबाट भाग्ने गरेका छन् ।
कामदारको अधिकार र सुरक्षाको विषयमा सरकार गम्भीर रहेको बताउादै बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले नेपालीहरू वैदेशिक रोजगारीमा जाने प्रमुख मुलुकहरूसाग कामदारको जीवन रक्षाबारे सम्झौता गर्ने तयारीमा लागेको बताउनुहुन्छ ।
ज्ञानको अभावमा क्षतिपूर्ति लिँदैनन् घाइतेहरू
गएको वर्ष वैदेशिक रोजगारीमा काम गर्ने क्रममा घाइते भई अङ्गभङ्ग भएकाहरूलाई रोजगारदाता संस्थाले क्षतिपूर्ति दिनुपर्ने प्रावधान भए पनि अधिकांश कामदारहरूले चेतनाको अभावमा त्यस्तो क्षतिपूर्ति पाउने गरेका छैनन् ।
रोजगारदाता संस्थाले क्षतिपूर्ति दिनुपर्ने स्पष्ट प्रावधान भएपनि सो सम्वन्धी कानुनी जानकारीको अभावमा कामदारहरूले क्षतिपूर्ति नै माग्ने गरेका छैनन् । मागिहाले पनि निकै थोरै रकम लिएर चित्त बुझाउने गरेका छन् ।
विदेशमा मात्रै होइन नेपालमा पनि वैदेशिक रोजगारीमा घाइते भई अङ्गभङ्ग भएकाहरूलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले क्षतिपूर्ति प्रदान गरेको छ । गएको वर्ष मात्रै १०४ जनालाई बोर्डले रु ६९ लाख ४३ हजार बराबरको रकम क्षतिपूर्ति प्रदान गरेको छ ।
यो अवधिमा सो भन्दा बढी कामदार घाइते र अङ्गभङ्ग भएपनि बोर्डले दिने क्षतिपूर्तिबारे जानकारीको अभावमा थोरै मात्रै बोर्डमा सम्पर्कमा आउने गरेका छन् । बोर्डका निर्देशक भण्डारी घाइतेको अवस्था हेरेर बढीमा रु एक लाख पचास हजारसम्म बोर्डले प्रदान गर्दै आएको बताउँछन् । रासस