डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते

काठमाण्डु टुडे २०८२ जेठ १८ गते १४:२२ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन । डोटीको के.आई.सिंह गाउँपालिका–५ केदार गाउँस्थित दिपायल–बोगटान भित्री सडकखण्डमा आइतबार बिहान साढे ९ बजे सुपप्र ०१ ००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा डोटी बोगटान फुड्सिल गाउँपालिकाका ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिएका छन ।

जिपमा सवार अन्य ८ जना घाइते भएका छन् । घाइते हुनेमा ५० वर्षीय चनादेवी चन्द, ४० वर्षीय महेश्वरा देवी चन्द,४२ वर्षीय बिर्मा देवी चन्द, ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुराको गन्यापधुराकी २३ वर्षीय राधिका देउवा, उनकी दुई वर्षीया छोरी रियान्सा देउवा र डोटीकै १९ वर्षीय धनबहादुर बम घाइते भएको डीएसपी जोराले बताए ।

घाइतेहरूको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको पनि उनले जानकारी दिएका छन । जिप चालक कैलालीको धनगढी उपमहानगरपालिका–१८ बस्ने २४ वर्षीय हरिचन्द्र चौधरी पनि घाइते भएका छन् । समान्य घाइते चौधरीलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us