सस्तोमा ऋण लिएर महङ्गो ब्याज खान खोज्दा घरेलु तथा साना उद्योग बन्द

काठमाण्डु टुडे २०७१ वैशाख २८ गते १२:२४ मा प्रकाशित

काठमाण्डु,२८ वैशाख – दर्ता भएका घरेलु तथा साना उद्योगमध्ये आधाभन्दा बढी बन्द रहेका छन् ।

साना तथा घरेलु उद्योग महासङ्घको तथ्याङ्कअनुसार नेपालमा दर्ता भएका करिब तीन लाख उद्योगमध्ये करिब एक लाख ४० हजार उद्योगमात्र हाल सञ्चालनमा रहेका छन् ।

small industry

साना तथा घरेलु उद्योगको समग्र सञ्चालन अवस्था कमजोर बन्दै जाँदा अधिकांश उद्योग बन्द रहेको महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिएका छन् ।

उनका अनुसार साना तथा घरेलु उद्योगको वित्तीय पहुँच तुलनात्मक रूपमा ज्यादै कमजोर हुँदा उद्योग सञ्चालनको सम्भावना खस्कँदै गएको हो ।

महासङ्घले पछिल्लो पटक गरेको अध्ययनले एउटै व्यक्तिले धेरै उद्योग स्थापना गर्ने प्रवृत्तिका कारण सञ्चालन अवस्था कमजोर भएको देखाएको छ ।

बैंकबाट सस्तोमा ऋण लिने र महँगो व्याजदरमा अरूलाई उपलब्ध गराउन एउटै व्यक्तिले पाँच वटा समेत उद्योग दर्ता गर्ने गरेको अध्ययनमा देखिएको छ ।

“एउटै व्यक्तिले धेरै उद्योग सञ्चालन गरेका कारण उद्योग व्यवस्थापनमा ध्यान नपुग्दा बन्द हुने गरेको महासङ्घका अध्यक्ष गिरीले बताए ।

महासङ्घका अनुसार दर्ता भएका उद्योगले प्रत्येक पाँच वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ ।

उक्त समयमा नवीकरण हुन नआउने उद्योग स्वतः खारेजी प्रक्रियामा जाने महासङ्घले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us