एकैसाथ ४ कम्पनी सञ्चालनमा

काठमाण्डु टुडे २०७१ वैशाख २४ गते १३:५४ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख– राजधानीको पुतलीसडकमा एकै साथ चार कम्पनी सञ्चालनमा आएका छन् ।
company बुधबार एक कार्यक्रमबीच इन्फोसोर्स, सम्मान कम्पनी, ई–स्मार्ट क्यापिटल प्रालि र सम्मान ट्रेडर्स प्रालि एकैसाथ सञ्चालनलमा आएका हुन् ।

चारवटै कम्पनीको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे, नेकपा मालेका महासचिव सिपी मैनाली, सभासद् आईन्द्र बी लिम्बू र महिन्द्रा लिम्बूले संयुक्त रूपमा उद्घाटन गरे ।

इन्फोसोर्स कम्पनीले विभिन्न किसिमका एप्लिकेसनहरूको निर्माण गर्नेछ भने सम्मान ट्रेडर्सले सम्मान कम्पनीले उत्पादन गरेका सामाग्रीहरूको आयात तथा निर्यातसम्बन्धी अन्तर्राष्ट्रिय कारोबार गर्नेछ ।

यस्तै स्मार्ट क्यापिटलले हाइड्रोपावर रियल स्टेटलगायतका क्षेत्रमा लगानीको अवसर सिर्जना गर्नका लागि भूमिका खेल्ने कम्पनीका प्रमुख रिचर्ड वनेमले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us