पर्यटन बोर्डमा भएको भ्रष्टाचारविरुद्ध व्यवसायी आन्दोलित

काठमाण्डु टुडे २०७१ वैशाख २३ गते १४:३२ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख–पर्यटनसाग सम्बद्ध २५ वटा सङ्सस्थाले नेपाल पर्यटन बोर्डमा भएको आर्थिक अनियमितता रोक्नुपर्नेलगायतका माग राख्दै चरणवद्व आन्दोलनको tourism boardघोषणा गरेका छन् ।
संयुक्त पर्यटन समन्वय कमिटी नेपालले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी बोर्डमा भएको आर्थिक अनियमितताको छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने र बोर्डका कार्यकारी निर्देशक सुवास निरौलालाई कार्यकारी पदबाट हटाई नयाा नियुक्त गर्नुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।
विरोधका कार्यक्रमहरुमा नेपाल पर्यटन बोर्ड अगाडि धर्ना दिने, पर्यटन विभाग प्रमुख र नेपाल चेम्बर अफ कमर्शसहित नेपाल पर्यटन बोर्डमा भेला गर्ने, बोर्डको अनियमितताबारे स्वेतपत्र जारी गर्ने र विरोध सभा गर्ने रहेका छन् ।
कमिटीका संयोजक रमेश धमलाले बोर्डभित्रको आर्थिक अनियमितता शान्तिपूर्ण आन्दोलनबाट पनि नियन्त्रण नभए कडा रुपमा आन्दोलनमा उत्रने चेतावनी दिए ।
पर्यटन मजदुरहरुले गत वैशाख ५ गते सगरमाथाको आधार शिविरमा हिम पहिरोमा परी मृत्यु भएका १६ मजदुरका परिवारको शिक्षा र रोजगारीका लागि सरकारसँग समन्वय गरेर सहयोग गर्नुपर्ने र पर्यटन बोर्डको कुल आम्दानीको १० प्रतिशत मजदुर कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने माग समेत राखेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us