वैदेशिक रोजगारीमा सबैभन्दा बढी कहाँ जान्छन् नेपाली ?

काठमाण्डु टुडे २०७१ वैशाख २६ गते १५:३१ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख–  नेपालीहरू वैदेशिक रोजगारीका लागि जाने पााच शीर्ष मुलुकहरूमा क्रमश: मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स(दुबई) र कुवेत रहेका छन् ।

गत वर्ष मलेसियामा सबैभन्दा बढी नेपाली रोजगारीमा गए । एक लाख ६६ हजार ८९८ जना नेपाली कामदारले मलेसियालाई आफ्नो गन्तव्य बनाए । जसमध्ये एक लाख ६१ हजार ६९२ जना पुरुष र पााच हजार २०६ जना महिला थिए ।

त्यसैगरी नेपालीको प्रमुख दोस्रो गन्तव्यका रूपमा कतार रहेको छ । गत वर्ष एक लाख १२ हजार ७९ कतार गएकामा एक लाख १० हजार ४८५ जना पुरुष र एक हजार ५९४ जना महिला थिए ।

त्यसैगरी तेस्रो गन्तव्य रहेको साउदी अरबमा ७३ हजार ६०८ पुरुष र ७८० महिला गरी ७४ हजार ३९१ जना नेपाली रोजगारीका लागि सो मुलुकमा गएका थिए ।

चौथो प्रमुख गन्तव्यका रूपमा रहेको दुबईमा ४३ हजार ६३० पुरुष र पााच हजार चार जना महिला गरी ४८ हजार ६३४ जना नेपाली गत वर्ष राजगारीका लागि गएका थिए ।

त्यस्तै पाँचांै प्रमुख गन्तव्य रहेको कुवेतमा ११ हजार ५०७ पुरुष र नौ हजार २१७ महिला गरी २० हजार ७२४ जना नेपाली रोजगारीका लागि गएका थिए ।

मलेसियाको हावापानी नेपालको जस्तै भएकाले त्यहाँ गएर काम गर्न सजिलो हुने हुनाले अधिकांश नेपाली कामदार मलेसियालाई आफ्नो गन्तव्य बनाउन चाहेको देखिन्छ ।

विभागका प्रवक्ता कार्की मलेसियाको हावापानी राम्रो हुनुका साथै सो मुलुकबाट नेपाली कामदारको अत्यधिक माग हुने गरेकाले सो मुलुकमा सबैभन्दा बढी नेपाली कामदार गएको बताउँछन् ।

मलेसियामा सेक्युरिटी गार्डमा काम गर्ने प्राय: सबै व्यक्ति नेपाली नै रहेका छन् । सो मुलुकले पनि सेक्युरिटी गार्डमा नेपालीलाई नै प्राथमिकता दिने नीति लिएको छ ।

त्यस्तै नेपाली रोजगारीमा जाने दोस्रो प्रमुख मुलुक रहेको कतार पछिल्लो समय आर्थिक क्षेत्रमा उदाउादो मुलुक हो । कतारले सन् २०२२ मा विश्व कप फुटबलको आयोजना गर्न लागेकाले सो मुलुकमा नेपाली कामदारको अत्यधिक माग रहेको प्रवक्ता कार्की बताउनुहुन्छ ।

श्रम क्षेत्रमा कतारबाट आउने कामदारको माग उल्लेख्य रहेको र मागअनुसार कामदार पठाउन नसकिएको वैदेशिक रोजगार व्यवसायी बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us