अर्थ

४० जना युवाले अनुदान पाउने

२०७० फागुन ७ गते ६:४०

बर्दिवास, ७ फागुन । महोत्तरी जिल्लाका ४० जना युवाले व्यावसायिक कृषि प्रबद्र्धनका लागि अनुदान पाउने भएका छन् । कृषिको व्यावसायीकरण र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले जिल्लाका ४० जना युवालाई अनुदान दिइने कार्यक्रम रहेको जिल्ला कृषि बिकास कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाको...

लार्के भन्सार जगतमा सार्ने तयारी

२०७० फागुन ७ गते ६:०९

गोरखा, ७ फागुन – विगत १७ वर्षदेखि बन्द रहेको उत्तरी गोरखाको लार्के भन्सार कार्यालय सिर्दिबास गाविसस्थित जगतमा सार्ने तयारी भएको छ । लार्के भन्सार कार्यालय द्वन्द्वको समयमा २०५४ सालमा बन्द भएको थियो । भौगोलिक विकटताका कारण सेवा प्रभाकारी नभएकाले सार्न लागिएको प्रमुख जिल्ला अधिकारी...

स्वरोजगार बन्न युवालाई ऋण

२०७० फागुन ६ गते ११:३१

कञ्चनपुर, ६ फागुन – सीप सिकेका बेरोजगार युवालाई लक्षित गरी कञ्चन डेभलपमेन्ट बैंक कञ्चनपुरले ऋण प्रवाह गर्ने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घ र सो बैंकबीच सीप सिकेका दक्ष युवालाई ऋण दिने सहमति भएको कञ्चनपुर उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष...

नेपाली वास्तुकलाको प्रदर्शनी कक्ष खोलिने

२०७० फागुन ६ गते ११:२८

ललितपुर, ६ फागुन – पाटन सङ्ग्रहालयसँगै नेपाली वास्तुकलाको प्रदर्शनी कक्ष खोलिने भएको छ । पाटन सङ्ग्रहालय र विभिन्न दातृ निकायहरु जर्मनी, अमेरिकी राजदूत कोष, विश्व सम्पदा कोषलगायतको सहयोगमा वास्तुकला प्रदर्शनी कक्ष खोलिन लागिएको सङग्रहालयले जानकारी दिएको छ । सबै काम सकिसकेको भएपनि केही आन्तरिक...

४० युवालाई २४ लाख अनुदान

२०७० फागुन ४ गते ११:१६

गौशाला, ४ फागुन– कृषिलाई व्यावसायीकरण गरी रोजगारी सिर्जना गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय महोत्तरीले युवालाई कृषि अनुदान दिने भएको छ । विभिन्न गाविसका ४० युवालाई यो वर्ष रु २४ लाख अनुदान उपलब्ध गराउने जिल्ला कृषि विकास कार्यालयका प्रमुख शङ्करप्रसाद साहले बताए । युवालाई...

५० करोड मूल्यका खसीबोका भारतबाट आयात

२०७० फागुन ४ गते ११:१२

बाँके, ४ फागुन– नेपालगन्ज नाका भएर पछिल्लो ६ महिनामा करिब रु ५० करोड मूल्यबराबरका खसीबोका भारतबाट आयात गरिएको छ । क्षेत्रीय पशु क्वारेन्टाइनका अनुसार चालु आवको ६ महिनामा ९१ हजार ५०२ वटा खसीबोका र बाख्रा भारतबाट आयात गरिएको हो । मासुजन्य कारोबारमा नेपालगन्ज र...

बढ्यो भारतीय मलको तस्करी

२०७० फागुन ४ गते ६:१७

बाँके, ४ फागुन– बाँके जिल्लामा भारतीय मलको तस्करी बढेको छ । सरकारी अनुदानको मलभन्दा भारतीय बजारमा आधा सस्तोमा पाउन थालेपछि जिल्लामा भारतीय मलको तस्करी बढेको हो ।  कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानमा दिने मलभन्दा दोब्बर सस्तोमा पाइने भएपछि कृषक र व्यापारीले अवैध बाटो हुँदै...

मकै रोप्ने मेसिनको परीक्षण तथा प्रदर्शन

२०७० फागुन ३ गते १०:५४

वीरगन्ज, ३ फागुन– कृषि औजार अनुसन्धान केन्द्र वीरगन्जले ट्याक्टरबाट सञ्चालित मकै रोप्ने मेसिन ‘ज्याबसिडर’ को पहिलो पटक परीक्षण तथा प्रदर्शन गरेको छ । नेपालको खेती प्रणालीमा सुहाउँदो र कम लागतमा मकैको उत्पादन र उत्पादकत्व बढाउने खालको उक्त मेसिन पहिलोपटक नेपाल भित्रिएको केन्द्रको दाबी छ...

पर्यटन प्रवर्द्धधनका लागि वाकाथन

२०७० फागुन ३ गते ४:५८

काठमाण्डु, ३ फागुन – नेपाललाई एक सुरक्षित र भरपर्दो पर्यटन गन्तव्यको रुपमा प्रवर्द्धधन गर्नका लागि शनिबार बिहान नेपाल पर्यटन बोर्ड र ¥याडिसन होटलको संयुक्त आयोजनामा पदयात्रा  (वाकाथन) कार्यक्रम गरियो । र्याडिसन होटलबाट सुरु भएको र्याली सहरका विभिन्न पर्यटकीयस्थलको परिक्रमा गरी पुनः सोही होटलमा पुगेर समापन...

सामाजिक सुरक्षा भत्ता बैंकमार्फत बाँडिने

२०७० फागुन ३ गते ४:३७

गौशाला, ३ फागुन – महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्दै आएका करिब ९०० जनालाई अब बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बाँड्ने भएको छ । सो कार्यालयलले जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित प्रभु विकास बैंकमार्फत नगर क्षेत्रमा सामाजिक सुरक्षा बाँड्ने भएको जलेश्वर नगरपालिका कार्यालयका कार्यकारी...

सुनको मूल्य प्रतितोला ६ सय बढ्यो

२०७० फागुन २ गते ११:०१

काठमाण्डु, २ फागुन– नेपाली बजारमा छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा शुक्रबार प्रतितोला ६ सयले बढेर ५५ हजार ८ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा वृद्धि भएका कारण स्थानीय बजारमा पनि मूल्य बढेको हो । बजारमा प्रतिऔँस सुनको मूल्य...

अनुदान कटौतीपछि अनाथालय सङ्कटमा

२०७० फागुन २ गते ४:१५

कञ्चनपुर, २ फागुन – कञ्चनपुरको बाल अनाथालयमा आर्थिक सङ्कट उत्पन्न भएको छ । कञ्चनपुरको भीमदनगरपालिका–४ महेन्द्रनगरमा रहेको महाकाली बाल अनाथालयमा सरकारले अनुदान कटौती गरेपछि समस्या उत्पन्न भएको हो । आर्थिक अभावका कारण अनाथालयमा बस्ने बालबालिका लागि बिहान–बेलुका राम्ररी खान नपाउने अवस्थामा पुगेको अनाथालय सञ्चालन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us