
काठमाण्डु, १२ वैशाख –नेपाल विद्युत प्राधिकरणले बक्यौता विद्युत महशुल १५ दिन भित्र बुझाउन सबैलाई आह्वान गरेको छ ।
प्राधिकरणले सूचना निकालेर १५ दिन भित्र बक्यौता महशुल नबुझाए विद्युत लाईन काटेर बक्यौता रकम सहित परिवारको तीन पुस्ते विवरण सार्वजनिक गर्ने चेतावनी दिएको छ ।
प्राधिकरणका अनुसार ग्राहकले समय भित्र महशुल नबुझउँदा माघ मसान्तसम्म तीन अर्ब ७५ करोड बक्यौता पुगेको छ । यो प्राधिकरणको वार्षिक आयको झण्डै १५ प्रतिशत हो ।
त्यस्तै ३३ हजार ६ सय ६० जना काला सूचिमा परेका ग्राहकबाट ६४ करोड ८२ लाख रुपैयाँ महशुल उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।