अर्थ

पानीबाट १२ लाख राजस्व सङ्कलन

२०७० फागुन २ गते २:०८

विराटनगर, २ फागुन । सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरले यस वर्ष किसानलाई सिँचाइ सुविधा दिएबापत १२ लाखभन्दा बढी पानीपोत सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७०/७१ मा उठेको रु १२ लाखमध्ये २० प्रतिशत नेपाल सरकारको राजस्वमा जम्मा हुने र पानीपोत उठाउने जल उपभोक्ता समितिले...

उन्नत माछा उत्पादन तालिम

२०७० फागुन १ गते ११:००

वीरगन्ज, १ फागुन– माछा उत्पादनमा आत्मनिर्भर बन्ने र यसको उत्पादनबाट किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले उन्नत माछा उत्पादन विषयक तीनदिने जिल्लास्तरीय तालिम सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय पर्साद्वारा आयोजित उक्त तालिममा यहाँका २२ जना मत्स्य उत्पादनमा संलग्न कृषकको सहभागिता रहेको...

पशुपालन व्यवसाय सङ्कटमा

२०७० फागुन १ गते १०:५८

बर्दिवास, १ फागुन– महोत्तरीमा पशुपालन व्यवसाय सङ्कटमा परेको छ । वर्षौंदेखि पशुपालन व्यवसाय निकै फस्टाएकाले जिल्लामा पछिल्लो एक दशकयता चरण क्षेत्र मासिँदै जाँदा यो व्यवसाय सङ्कटमा परेको पशुपालक किसानले बताएका हुन् । जिल्लामा पशुपालन व्यवसायका लागि उपयुक्त ठानिएका भङ्गाहा, हतिसर्वा, सिङ्ग्याही, बगडा, किसाननगर, पशुपतिनगर,...

ट्र्याक्टरबाटै रोपिन्छ उखु

२०७० फागुन १ गते १०:५०

वीरगन्ज, १ फागुन । यदि तपाईं मजदुर अभावका कारण समयमा उखुखेती गर्न सकिराख्नुभएको छैन भने पनि अब चिन्तित हुनुपर्दैन् । यसका लागि कृषि औजार अनुसन्धान केन्द्र वीरगन्जले ट्र्याक्टरबाट सञ्चालित उखु रोप्ने मेसिन नेपाल भित्र्याइएको छ । कम लागतमा उखुको उत्पादन र उत्पादकत्व बढाउने खालको...

धरौटी राखेको सुन बैंकले फिर्ता दिन मानेन

२०७० माघ २९ गते ११:४०

कालीकोट, २९ माघ– कालीकोट जिल्लाको एकमात्र राष्ट्रिय वाणिज्य बैंकमा कर्जाका लागि धरौटीमा राखिएको सुन फिर्ता नपाउँदा ऋणी दोहोरो मारमा परेका छन् । व्यापार व्यवसाय गर्नका लागि सुन बन्धकी राखेर बैंकबाट पैसा निकालेका ऋणीले पैसा फिर्ता गर्न खोज्दा बैंकले सुन नदिएपछि उनीहरूले खाली ब्याज तिर्नु...

कौसी तरकारीखेतीतर्फ आकर्षण बढ्दै

२०७० माघ २९ गते ११:३७

कीर्तिपुर, २९ माघ– कीर्तिपुर र यस आसपासका क्षेत्रमा कौसी तरकारीखेतीतर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । बढ्दो बस्तीको क्रमसँगै तरकारीखेतीका लागि जग्गाको अभाव हुने गरेको अहिलेको अवस्थामा कतिपयले आफ्नो शौखका रूपमा पनि कौसी तरकारीखेती गर्न थालेका छन् । तरकारीखेतीका लागि जग्गा नभएको अवस्थामा घरको...

हिमाल आरोहणको सलामी रकम कटौती

२०७० माघ २९ गते ११:३४

काठमाण्डु, २९ माघ– सरकारले हिमाल आरोहणको सलामी रकममा भारी कटौती गरेको छ । पर्वतारोही, नेपाल पर्वतारोहण संघलगायत सरोकारवाला निकायको अनुरोधमा सरकारले त्यसो गरेको हो । पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अनुसार वसन्त ऋतुमा नियमित मार्ग (दक्षिणपूर्वी धार)बाट सगरमाथा आरोहण गर्न चाहने हरेक विदेशीले ११ हजार अमेरिकी...

सवा अर्बको लागतमा विद्युत् आयोजना

२०७० माघ २८ गते ४:००

बागलुङ, २८ माघ –बागलुङ दरमखोलाको जलस्रोत उपयोग गरी सवा अर्ब लगानीमा विद्युत् आयोजना बन्ने भएको छ । रिघा मनेवा दरमखोला जलविद्युत् सहकारी संस्था लिमिटेडले आयोजना निर्माण गर्ने भएको हो । गत वर्ष नै सर्वे अनुमतिपत्र प्राप्त गरी आयोजनाको विस्तृत सर्वेको काम सम्पन्न गरिएको आयोजनाले...

आयआर्जनको माध्यम बाख्रापालन

२०७० माघ २८ गते ३:१९

कीर्तिपुर, २८ माघ – काठमाण्डु दक्षिणभेगस्थित चाल्नाखेल र यस आसपासका क्षेत्रमा बाख्रापालन आयआर्जनको महत्वपूर्ण माध्यम बन्दै गएको छ । बाख्रापालनबाट लगानी अनुसारको प्रतिफल प्राप्त हुने गरेको भन्दै यस क्षेत्रका कृषक बाख्रापालन व्यवसायलाई व्यावसायिक रुप दिन थालेका छन् । काठमाण्डु, ललितपुर र भक्तपुरका साथै मकवानपुरको...

नुवाकोटमा पशु बीमा लागू हुने

२०७० माघ २८ गते १:०८

नुवाकोट, २८ माघ – पशुपालक कृषकले पशुबीमाको आवाज उठाएको लामो समयपछि जिल्लामा पशु बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । सरकारले २०६९ साल माघमा नै पशु बीमाको कार्यक्रम अघि बढाए पनि नुवाकोटका यो वर्षदेखि पशु बीमा कार्यक्रम लागू हुने तयारी भएको जिल्ला पशुसेवा कार्यालयका...

खाद्य संस्थानले चामलको मूल्य घटायो

२०७० माघ २७ गते ११:२३

सोलुखुम्बु, २७ माघ– सरकारले सहुलियतमा दिएको चामलको मूल्य बजार मूल्यभन्दा कति सस्तो होला ? धेरैको अनुमान हुन्छ केजीमा आठ÷१० सस्तो हुन्छ तर सोलुखुम्बुमा त्यसको विपरीत छ । नेपाल खाद्य संस्थानले सहुलियतमा वितरण गर्ने चामल बजार मूल्यभन्दा महँगो भएपछि बाध्य भएर मूल्य घटाएको छ तर...

७ क्रसर उद्योग बन्द

२०७० माघ २७ गते ११:२१

बाँके, २७ माघ– स्रोत तथा साधनको अभाव र भारतमा निकासी हुन नपाउँदा बाँके जिल्लाका सात क्रसर उद्योग अहिले पूर्णरुपमा बन्द भएका छन् । असीमित रुपमा खोलानालाबाट ढुंगा सङ्कलन गर्ने र गिट्टी, ढुङ्गाको बेरोकटोक निकासी हुँदा वातावरणमा प्रतिकूल असर पर्ने भएकाले सरकारले भारत निकासीमा प्रतिबन्ध...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us